प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा सम्मान तथा पुरस्कार प्रदान

सन्जिव पारदर्शी – केन्ट, बेलायत
१३ मे १४ । प्रवासी नेपाली साहित्य समाज, वेलायतले यस बर्ष बि. स. २०७१ को सम्मान तथा पुरस्कार प्रदान गरयो ।Pravasi-sahitya-samaj-3
समाजले विएफविएस गोर्खा रेडियोका पूर्व प्रस्तोता के बी राईलाई ताम्रपत्रदारा पूर्व प्राज्ञ कुलपति बैरागी काईलाले सम्मान गर्नुभयो भने उत्कृष्ट गीतकार तथा संगीतकार राजकुमार बगरलाई नगद रु ३५ हजार सहित यस बर्ष बि. स. २०७१ को प्रवासी पुरस्कार प्रदान गरियो । त्यस्तैगरि भारतीय सेनामा रहेर नेपाली साहित्यको लागि महत्वपूर्ण योगदान दिनुहुने सुरेन्द्र लिम्बु परदेशीलाई कदरपत्र द्धारा सम्मान गरेको छ ।
विगत डेढदशक देखि यस साहित्य समाजले नेपाली साहित्यको लागि पुरयाउदै आएको योगदानको आफू साक्षि रहेको कुरा प्राज्ञ काईलाले कोट्याउदै लाहुरे दाजुभाईहरुको प्रसंसा गर्नुभयो ।Pravasi-sahitya-samaj
साहित्य समाज पुरस्कारबाट सुसनवाला राई ०६२, शशि लुमुम्बु ०६३, रमेश पौडेल २०६४, कृष्ण धरावासी ०६५, गणेश रसिक २०६७, तुलसी घिमिरे लगायत पुरस्कृत भई सक्नु भएको छ । सन् २००१ मा वेलायतमा स्थापित यस संस्था वेलायती गोर्खा सेनाहरुको प्रतिनिधिमुलक सस्था हो ।
काठमाडौंको तिनकुने नेशनल भिजन होटलमा आयोजित वितरण समारोहमा समाजका उपाध्यक्ष मिलन चाम्स र समाजका प्रतिनिधि डि.बी. आङबुङले पनि बोल्नु भएको थियो ।Pravasi-sahitya-samaj-4
यस सस्थाले साहित्य,सङ्गीत र कलालाईमात्र होईन प्रवासमा रहेर आफुले दुख गरेर उबृएको केहि अङ्स समाज सेवामा पनि सहयोग गर्दै आईरहेको छ, यसै क्रममा सडक बालबालिकालाई कपडा साथै वर्षमा एक पटक खाना खुवाउने, दुर्गम स्कुलहरुमा आवस्यक सामग्रीहरु साथै सुदुर पश्चिम डोल्पामा स्कुल भवन निर्माणको लागी आर्थिक सहयोग र हालसालै आएर अनिश खालिङ् बचाउ को लागी ९००००० (नौ लाख) नेपाली रुपैया जुटाएर समाजिक कार्यमा पनि उत्तिकै ससक्त लागी परेको छ।
सस्थाकोको बारे www.pravasi.com.np मा जानकारी लिन सक्नुहुन्छ ।