के अशिष्मा यशराज कै हुन् त ?(भिडियो)
गीतकार र्निमला राई ‘परिवेश’को केही वर्ष अगाडी सार्वजनिक एल्बम ‘रोशनी’को एक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । करिव १०० भन्दा बढि सफल म्युजिक भिडियो निर्देशन गरेका मिलन चाम्सले यो गीतको भिडियो तयार पारेका हुन् । उनले हालै मात्र ‘हसिया’ सिनेमा निर्देशन गरेका थिए ।
‘तिमी मेरै हौ’ बोलको गीतलाई गायक उदय सोताङ र गायिका मनिला सोताङले गायका छन् । मुढे र कुलेखानिमा सुटिङ भएको गीतलाई पछिल्लो समयका चर्चित संगीतकार महेश खड्काले संगीत गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी र अभिनेता यसराजले अभिनय गरेका छन् । ५ मिनेट सात सेकेन्डको म्युजिक भिडियोलाई निर्देशक चाम्सले नै सम्पादन गरेका हुन् । भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।
साभार: अनलाईन खबर
