वेलायतमा “नागबेली” च्यारिटी प्रदर्शनबाट रु ७५ हजार सङ्कलन ।
सुरेन्द्र इङ्नाम – केन्ट, वेलायत
गत ७ जुलाई २०१४ को दिन वेलायतको केन्टमा “नागबेली” चलचित्र प्रदर्शनबाट रु ७५ हजार च्यारिटी सङ्कलन गर्यो।
ब्रिगेड अफ गोर्खाज अन्तर्गत २ गोर्खा राईफल्सको नागबेली चलचित्र प्रदर्शन दुर्गाहाङ् ओख्रावो र सुरेन्द्र इङ्नामको सञ्योजकमा मदन जिमी, रबिन सम्बाहाङ्फे, रिचार्ड गुरुङ, नग्स राई, रोशन मेवाहाङको सहयोगमा उक्त चलचित्रको २ गोर्खा राईफल्सका परिवार परिवेश बेलायतको डोबर, शर्नक्लिफ र केन्टबरीमा गत जुन ६,७ र ८ तारिखको प्रदर्शनबाट निर्मात्री रोमियान वनेम लिम्बुले ४६० पाउण्ड नेपालीमा रु ७५ हजार च्यारिटीको लागी छुट्याउनु भएको हो ।
उक्त छुट्याईएको रकमलाई हस्तान्तरण गर्न क्रमश दिलशोभाको आमाघरको लागी नग्स राई, निर्मात्री श्रीमति रोमियान वनेम लिम्बु र सहिद आवासीय माध्यमिक विद्यालय हाँसपोसा सुनसरीको लागी रिचार्ड गुरुङलाई सञ्योजक टिमले जिम्मेवारी सुम्पेको र उक्त रकमलाई आधा आधा गरेर रु ३७/३७ हजार बराबरको आवस्यक सामग्रीहरु चाडै हस्तान्तरण गर्ने योजना रहेको छ।
चेलि माईति अन्तराष्ट्रिय फिल्म प्रोडक्सनमा रहेको गोबिन्द राईको “नागबेली” ब्रिगेड अफ गोर्खाज, गोर्खा सिगनल्समा कार्यरत रण बहादुर चेम्जोङको श्रीमति रोमियान वनेम लिम्बु निर्मात्री रहनु भएको यस चलचित्र भने आउदो असार २७ गते बाट मात्र नेपाल अधिराज्य भर प्रदर्शन हुन गईरहेको छ ।
