बेलायतमा बृटिस गोर्खा नेपाली नागरिकता सघर्ष समिति निर्माण ।

 

आसफोर्ड, गत ६ जुलाई २०१४ का दिन आसफोर्ड इन्टरनेशनल हाउसमा भेला भएका गोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको माग गर्दै सघर्ष समिति निर्माण गरेका sangharsha_samiteeछन् ।

गैर आवासिय नेपाली संघको दोहोरो नागरिकता, नेपाली नागरिकताको निरन्तरताको मागलाई नेपाल सरकार संचालनमा रहेका नेता तथा पार्टीहरुले अस्वीकार गरेको अभिब्यक्ति आईरहेको वेला वेलायती सेनाबाट सेवानिबृत वा सेवारतले आफ्नो नागरिकताको निरन्तरताको माग उठाएका छन् । वेलायत सरकार संग सम्झौता गरि नेपाल सरकारले आफ्नो नागरिकलाई वेलायती सेनामा पठाएको र गोर्खाहरुले नेपाल सरकारको निर्देशन पालन गदै आएको, पहिलो र दोस्रो विश्वयुद्ध नेपालको तर्फबाट समेत लडेको कारण एनआरएनको परिभाषा भित्र गोर्खालीहरु नपर्ने जिकिर गर्दै संविधानमा अक्षरस गोर्खाहरुको नागरिकताको निरन्तरता हुनुपर्ने माग गरेका छन् । भेलामा उपस्थित बृद्धा गोर्खाहरुले भने हामीलाई गाँउगाँउबाट फकाएर बृटिस सेनामा भर्ति गराएका हुन । हामी शरणार्थी बनेर, हरियो पासपोर्ट फ्याकेर वेलायतमा बसेका होइनौ । हामी नेपाल नै फर्कनेछौ र हाम्रो सम्पूर्ण लगानी नेपालमै रहेको र रहिरहने भएकोले हामीलाई एनआरएनको परिभाषा भित्र नलिउन ।
वेलायतमा रहदै आएका सम्पूर्ण नेपालीहरुको साझा सवाल नेपाली नागरिकताको निरन्तरता भएकोले सम्पूर्ण क्षेत्रलाई समेट्दै सूर्य नेम्बाङको संयोजकत्व रहेको ‘बृटिस गोर्खा नेपाली नागरिकता सघर्ष समिति’ गठन गरेको छ । सहसयोजक धर्मराज तामाङ, उपसंयोजक राधा गुरुङ, सचिव विश्वास दीप तिगेला, कोषाध्यक्ष गोपाल गिरी र सदस्यहरु क्रमशः श्रीमति गदमसेरी राई, टिकाराम राना, रामलाल श्रेष्ठ, ज्ञान सेरचन, होम सुनुवार, दिप राई, किरण टि लिम्बु, केशर लिम्बु, राजेन्द्र खिम्दिङ, रामप्रसाद लिम्बु, प्रेम धलाव सुहाँङ, किरण राई, नरबहादुर लिम्बु, तेज राई, सुरेन्द्र इङनाम, सन्तराज आङदेम्बे रहनु भएको छ भने विभिन्न संस्थागत प्रतिनिधिहरु गेसो, विजिडब्लुएस, बिगेसो, युविजियन, नेसा र बृटिस काउन्सिल अफ गोर्खाज लगायत रहेका छन । त्यस्तैगरि जातिय उत्थान संस्था अन्तरगत तमुधिं युके, मगर संघ युके, किरात राई यायोख्खा युके, किरात याक्थुङ चुम्लुङ, तामाङ संघ युके, क्षेत्रि समाज युके र किरात सुनुवार समाज युके लगायत रहेका छन् ।
समितिका सल्लाहकारहरुमा क्रमशः रिटायर्ड क्याप्टेन रामबहादुर पुन, रिटायर्ड मेजर हर्कराज राई, सन्तोष थलङ, रिटायर्ड मेजर मानबहादुर राई, कृष्णबहादुर राई, डा. चन्द्र लक्सम्बा, डा. रामनारायण कन्दङवा, रिटायर्ड मेजर टिकेन्द्रदल देवान, ज्ञानराज राई, सिरीप्रसाद लिम्बु, पदम गुरुङ, केशबहादुर गुरुङ, पूर्व काउन्सिलर धन गुरुङ, उपमेयर बिष्णु गुरुङ, लोकेन्द्र तबेबुङ, भिम तुम्बाहाम्फे, रिटायर्ड मेजर डम्बर गुरुङ, रिटायर्ड मेजर लालबहादुर गुरुङ, रिटायर्ड क्याप्टेन बालकृष्ण गुरुङ, रिटायर्ड क्याप्टेन काजी शेर्पा, योगेन्द्र बहादुर क्षेत्रि र दुत पुन रहनु भएको छ ।

संविधान निर्माणको प्रकृया चलिरहेको कारण चाडो भन्दा चाडो हाम्रो मागलाई संविधानसभा भित्र पुरयाउनको लागि आजैबाट काम शुरु भएको कुरा संयोजक नेम्बाङले भन्नुभयो । नागरिकता निरन्तरताकै विषयमा विभिन्न राजनैतिक दलका नेता, बुद्धिजिवी तथा जनजाति महासङ्घका नेतृत्वहरु संग काठमाडौंमा केही हप्ता अगाडि मात्र नागरिकता निरन्तरताका अभियन्ता धन लिम्बु (रोगु) ले ब्यापक बहसको कार्यक्रम राख्नुभएको थियो । विभिन्न संगठन तथा ब्यक्तिहरुले यसअघि पनि आफ्नो मागलाई राख्दै आएको तर सुनुवाई नभएको कारण सबैलाई समेटेर सशक्त सघर्ष समिति निर्माण गरिएको कुरा सल्लाहकार थलङले बताउनु भयो ।
भेलामा सहभागिहरुले पालैपालो आफ्नो मन्तब्य राखेपछि सघर्ष समिति निर्माण भएको हो । अझ आगामी कार्यक्रममा समितिलाई पूर्ण रुप दिइने बताईको छ । चार घण्टा भन्दा लामो चलेको उक्त कार्यक्रमलाई पत्रकार किरण टि लिम्बुले संचालन गर्नुभएको थियो भने उपस्थित मध्ये ज्येष्ठ रिटायर्ड मेजर मान बहादुर राईले अध्यक्षता गर्नुभएको थियो ।