एनआरएनए यूकेको जनजाति पत्रकारहरुप्रतिको यो माया

गैर–आवासीय नेपाली संघ बेलायतको हालै बसेको बैठकले फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राई र महासचिब खुशी लिम्बुलाई चालु कार्यकाल २०१७–१९ का लागि सल्लाहकारमा नियुक्त गरेको छ ।
अध्यक्ष प्रमिला राई एनआरएनए यूकेको यस अघिको कार्यकालमा सूचना तथा प्रचारप्रसार बिभागका सल्लाहकार हुनुहुन्थ्यो । त्यस्तैगरी महासचिब खुशी लिम्बु अघिल्लो कार्यकालमा प्रवक्ता साथै सूचना तथा प्रचारप्रसार बिभाग संयोजक रहनुभएको थियो । ।
एनआरएनए यूकेले फोनिज यूके कार्यसमिति सदस्यत्रय मिलन तमु, सविन्द्र कुमार गुरुङ र बिशन गुरुङलाई; र सल्लाहकारहरुमा बिजय थापा, बिमला सेने, विस्वासदीप तिगेला, एकेन्द्र गुरुङ, दुत पुन र पूर्ण गुरुङलाई पनि सल्लाहकार नियुक्त गरेको छ ।
फोनिज यूकेका पदेन सल्लाहकार तुल छन्त्याल, फोनिज युकेका संस्थापक सदस्य नरेश काङमाङ राई र फोनिज केन्द्र काठामाण्डौं लागि यूके प्रतिनिधि नरेश खपाँगी र लिलामान शेरपुञ्जा पनि सल्लाहकार मण्डलमा परेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके उहाँहरुको यस नियुक्तिमा गौरव गर्दछ । यस अवसरमा उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ, कार्यसमिति लगायत सम्पूर्ण फोनिज यूके परिवार उहाँहरु सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ र सफलताको शुभकामना ब्यक्त गर्दछ ।
फोनिज यूके एनआरएनए यूकेको यस सहृदयिताको सम्मान गर्दछ र आगामी दिनहरुमा पनि एनआरएनए संघसंग फोनिज यूके पूर्ण साझेदारको रुपमा सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गर्दछ ।
श्रीमती जमुना पुन
सचिब
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत ।