ईवाहाङ वंशीहरूको पहिलो महाधिवेशन सम्पन्न ।

धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका ईवाहाङ वंशीहरूको पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार ईवाहाङ वंशविकास समितिको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो।
साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा सम्पन्न भएको महाधिवेशन प्रदेश नम्बर एकका पूर्व प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्बाहाङकोप्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।धनकुटा जिल्लाभित्रका जातीय संघसंस्था,लिम्बूजन्य थरगत/थुमगत प्रतिनिधित्व गराई रसा.गा.पा.का वडाध्यक्षहरु समेत उपस्थित भएका थिए ।
उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान ज्येष्ठ नागरिक, सरकारी ओहोदामा ख्याति प्राप्त ४० जना व्यक्तित्वहरुलाई समेतसम्मान गरी खुल्ला सत्र कार्यक्रम समापन भएको थियो । त्यस्तै गरि दुई दिने लामो बन्द सत्र कार्यक्रमले सर्व–सहमतमा निर्विरोध रूपमाके.वी ईवाहाङहरुको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ।
समितिकोवरिष्ठ उपाध्यक्षमा प्रेम कुमार ईवाहाङ, उपाध्यक्षहरूमा निर्मला खवाहाङ, विष्णु ईवाहाङ, महासचिवमा रमेश ईवाहाङ, सचिवमा मणि प्रसाद ईवाहाङ, कोषध्यक्षमा गीता चेम्जोङ छन् । त्यस्तै, सदस्यहरूमा राजेश ईवाहाङ, क्षितिज ईवाहाङ, नरेन्द्र ईवाहाङ, मान प्र. ईवाहाङ, छत्र ईवाहाङ, कुमारी ईवाहाङ, रमा ईवाहाङ, सन्त ईवाहाङ, मार्कुश ईवाहाङ, सुरत ईवाहाङ, धन ब. ईवाहाङ, सुरेन्द्रईवाहाङ(धरान), शान्ति ईवाहाङ, पूर्ण ब. ईवाहाङ, सुरेन्द्र इवाहाङ(पंचायन), डि.वी ईवाहाङ, लोक ब. ईवाहाङ, पम्फादेवी नेम्वाङ, हस्तब. ईवाहाङ, लक्ष्मी ईवाहाङ, फिपराज ईवाहाङ, किताबसिं ईवाहाङ, गंगाध्वज ईवाहाङ, उषा चेम्जोङ रहेका छन् ।