जापानका लागि राजादूत् दुबसु सिफारिस ।
लण्डन। चारवर्षे कार्यकाल पूरा गरि गतवर्ष नेपाल फर्किएका बेलायतका लागि नेपाली पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदी जापानको लागि राजदूत सिफारिस भएको समाचार छ। नेपाल सरकार मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीसहित विभिन्न २० मुलकका राजदूत नियुक्त गरेको हो।
सन् २०१६ सेप्टेम्बरमा बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा बेलायत आएका डा.दुर्गा बहादुर सुवेदी पनि जापानका लागी सरकारले नियुक्ति गरेको छ। सुवेदी संयुक्त अधिराज्य (बेलायत) आयरल्याण्ड र माल्टाका लागि नेपाली राजदूतका रुपमा थिए। ७ फेब्रुअरी २०२१ का दिन स्वदेश फर्किएका सुवेदी पररास्ट्र मन्त्रालयमा प्रमुख शिष्टाचार महापालको रुपमा काम गर्दै आएका थिए ।
कूटनैतिक र प्रशासनिक काम कारवाहीमा सफल रहेका सुवेदीको कार्यकालमा बेलायतको साहित्यिक क्षेत्र निकै उपलब्धिमूलक बनेको थियो। सुवेदीको संयोजन र सम्पादनमा छ वटा कृतिहरु ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा जन्मिएका सुवेदीले बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा एमए गरेका गरेका छन।उहाले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा एमपीए र त्रिविबाटै ‘आधुनिक नेपालको परराष्ट्रनीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका हुन्।
सरकारले सिफारिस गरेको २० राजदूतको नामावली:
बिष्णुपुकार श्रेष्ठ- चीन
बासुदेव मिश्र- श्रीलंका
दानबहादुर तामाङ- दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल- स्पेन
मिलन तुलाधर- रूस
डिल्लीराज पौडेल- मलेसिया
शान्ता रिजाल -इजरायल
नवराज सुवेदी- साउदी
घनश्याम बन्जाडे- बंगलादेश
दुर्गाबहादुर सुवेदी -जापान
निर्मलराज काफ्ले- ब्राजिल
भरतकुमार रेग्मी- अष्ट्रिया
सुशीलकुमार लम्साल – इजिप्ट
कैलाश पोखरेल- अष्ट्रेलिया
डिल्लीराज पौडेल- कतार
ज्योति प्याकुरेल -दक्षिण कोरिया
रामसुरज राय यादव- डेनमार्क
डोरनाथ अर्याल
हरिशचन्द्र घिमिरे
तिर्थराज वाग्ले