बेलायतवासी स्रष्टा एकेन्द्र गुरुङ पोखरामा पुरस्कृत र सम्मानित

लन्डन। लमजुङबाट बेलायत आई बसोबास गरेका स्रष्टा एवं गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ पुरस्कृत हुनु भएको छ। गुरुङ नेपाल भ्रमणमा रहेका बेला स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा ‘स्व. तिलमाया गुरुङ स्मृति सम्मान पुरस्कार २०७९’ बाट पुरस्कृत हुनु भएको समाचार छ। स्रष्टा एकेन्द्र गुरुङलाई १० हजार ५० रुपैयाँ राशि, दोसल्ला, सम्मानपत्रद्वारा स्टार्स स्टुडियोकी प्रबन्धक निर्देशक एवम् स्टार्स फाउन्डेशन नेपालकी अध्यक्ष जसु गुरुङ र उहाको परिवारद्वारा सम्मान प्रदान गरीयको हो।
नेपाली कला,भाषा,संगीत,साहित्य,संस्कार संस्कृतिमा योगदान पुर्‍याउने विशेष व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त पुरस्कार स्टार्स स्टुडियोकी प्रबन्धक एवम् स्टार्स फाउन्डेशन नेपालकी अध्यक्ष जसु गुरुङले सदैव आफ्नो प्रेरणाको श्रोत आमाको सम्झनामा आमालाई जीवन्त राख्न स्थापना गरेको पुरस्कार हो।

सम्मानित एवम पुरस्कृत भएका साहित्यकार,गीतकार एवं समाजसेवी गुरुङ लामो समयबाट भाषा, संस्कृति, साहित्य तथा गीत रचनामा सक्रिय रहनु भयको छ। क्होलासोंथर गाउँपालिका-६ पसगाउँ लमजुङमा जन्मिनु भएका गुरुङ हाल परिवार सहित बेलायतको अल्डरसटमा बसोबास गर्नु भयको छ। उहाको “धर्तीमा जून गीतसंग्रह” “मनका तरंगहरु लेख संग्रह’ प्रकाशित छन् भने “बेलायतमा नेपाली गीत”आफ्नै सम्पादनमा प्रकाशन गर्नु भयको छ।

यसअघि उहाले तमुधिं यूकेबाट “आदर्श तमु”,तमुधिं नेपालबाट “आदिकवि हर्कबहादुर स्मृति सम्मान”, रसमुर बोरो काउन्सिलबाट “भोलेन्टेरिङ अवार्ड २०१९”, तमु ह्युल छोंज धिं लमजुङबाट सम्मानपत्र तथा बुद्धोदय उच्च माध्यमिक विद्यालय गलिङ लमजुङबाट कदरपत्र पाएर सम्मानित हुनु भयको छ।

साभार-गोर्खा मिडिया।