‘कोशी’ नाम खारेजीको माग गर्दै फालेलुङ गाउँपालिकामा बन्दी

पाँचथर — १ नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएकोले स्थानियले पाँचथरको फालेलुङ गाउँपालिकामा ताला लगाइएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित स्थानियले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन ।

‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको र पुनः “नामांकन संघर्ष समिति“ ले यस प्रदेशमा चरणबद्व आन्दोलन गर्दै आईरहेको छ । यसअघि संघर्ष समितिले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपूर्व संघर्ष समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए ।
‘कोशी’ नाम खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को निधन भएको थियो ।