लिम्बुवान हङकङको नयाँ क्षेत्रमा विस्तारः अगष्ट २२ मा गोलमेच सम्मेलन हुने
श्याम इङ्नाम, हङकङ, १ अगष्ट २०१० /
संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एक आत्मानिर्णय अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण-सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरुसहितको हुनुपर्छ भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सी. सी. ओ. अभियानअन्तर्गत न्यु टॆरिटोरिज क्षेत्रीय कार्य समिति गठन भएको छ ।
New Territories of Hongkong Where Limbuwan Formed
१ अगष्ट २०१० का दिन न्यु टेरिटोरिजस्थित युनलङको घडी पार्कमा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको बृहत भेलाले श्री प्रेम नेम्बाङको अध्यक्षतामा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङअन्तर्गत (मातहत)को न्यु टेरिटोरिज (NT) क्षेत्रीय इलाका कार्य समितिको गठन गरेको छ । उक्त भेला मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष नबराज काम्बाङको आथित्यमा भएको थियो भने कार्यक्रमको सञ्चालन सुरज फियाक लिम्बूबाट भएको थियो । उक्त भेलाले निम्नानुसारका व्यक्तिहरुलाई समितिको पदाधिकारी तथा सदस्यहरुमा सर्वसम्मत चयन गरेको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
न्यु टेरिटोरिज क्षेत्रीय कार्य समिति हङकङः
१. अध्यक्ष प्रेम नेम्बाङ
२. उपाध्यक्ष अजित चेम्जोङ
३. सचिव सुरज फियाक लिम्बू
४. अर्थसचिव चेत नेम्बाङ
५. सदस्य यामबहादुर सेम्बू
६. सदस्य पूर्णकुमार माखिम
७. सदस्य रोशन थाम्सुहाङ
८. सदस्य अमर चेम्जोङ
९. सदस्य भुपेन्द्र पोमू
१०. सदस्य टेकबहादुर आङ्देम्बे
११. सदस्य तुपुर नेम्बाङ
१२. सदस्य लक्ष्मीप्रसाद खापुङ
१३. सदस्य रुद्र लुङ्फुङ्वा
१४. सदस्य घनश्याम लुङ्फुङ्वा
१५. सदस्य दिपेन नयोङ
१६. सल्लाहकार गजेन्द्र चेम्जोङ
१७. सल्लाहकार लालबहादुर काम्बाङ
१८. सल्लाहकार देवेन्द्र पालुङ्वा
नव गठित पदाधिकारीहरुलाई अतिथि नबराज काम्बाङबाट ऐतिहासिक लिम्बुवान जातीय स्वायत्तता सहअस्तित्व र संघीयतासम्बन्धी प्रशिक्षण दिने कार्य पनि सम्पन्न भएको छ ।
Banner of the Program going to be held on 10th August 2010 at Yau Ma Tei Hong Kong for Limbuwan
त्यस्तैगरी, यही अगष्ट २२ गते आइतवार नौं जिल्लासहितको स्वायत्त लिम्बुवान ऐक्यवद्धताको आव्हान भन्ने शिर्षकमा बृहत गोलमेच सम्मेलन कार्यक्रम पनि मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा हुने भएको छ ।
– डीबी आङ्बुङ, नेपाल
