लिम्बुवानको झापामा आमसभा: वर्षा र झरीमा पनि लिम्बुवान अघि बढ्दै
झापा लिम्बुवान, साउन २१, २०६७/
यही साउन २१ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति झापाले झापाको झिलझिलेमा विशास लिम्बुवानी आमसभा सम्पन्न गरेको छ ।
परिषदका झापा जिल्ला अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा सम्पन्न उक्त आमसभामा बोल्दै प्रमुख अतिथि मञ्च तथा परिषदका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले वर्षा र झरीमा पनि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अरुणपूर्व नौ जिल्लासहितको लिम्बुवान स्वायत्त राज्य निर्माण गर्न अघि बढिरहेको र हजार वर्ष लागे पनि लिम्बुवान लडिरहने तर एकात्मकवादीहरुसामु आत्मसमर्पण नगर्ने कुरा बताउनु भयो ।
उक्त आम सभालाई उपाध्यक्ष द्वय ज्ञानबहादुर गुरुङ, ज्ञानबहादुर इम्बुङ, महिला अध्यक्ष शान्ता योङहाङ, महिला सचिव अमृता थेबेलगायतका वक्ताहरुद्वारा सम्बोधन गरिएको थियो ।
– डीबी आङ्बुङ
