संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद धनकुटा क्याम्पस र जिल्लामा विस्तार
कर्मा कार्की, धनकुटा/
एकात्मक शासनव्यवस्थाको अन्त्य, संघीय शासन व्यवस्थाको शुरुवात गर्न र शिक्षा नीतिमा आमूल परिवर्तन गर्न संघीय विद्यार्थी युनियनको चाहना भएको भन्दै “संघीय विद्यार्थी युनियनको चाहना, संघीय शिक्षा प्रणालीको स्थापना” भन्ने मुल नाराका साथ यही २०६७ भदौ १२ गते संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा बहुमुखी क्याम्पस इकाई कार्य समिति र संघीय विद्याथी युनियन जिल्ला कार्य समितिको संयुक्त आयोजनामा यही धनकुटा बहुमुखी क्याम्पस धनकुटामा १९ जनाको एकाई कार्य समिति चयन गरिएको छ ।
संघीयता, लोकतान्त्रिक गणतन्त्र, जातीय मुक्ति, संघीय शिक्षा प्रणाली, वहुभाषिक तथा वहुसाँस्कृतिक शिक्षा नीति लगायतका शैक्षिक तथा राजनीतिक मुद्धालाई वकालत गर्दै संघीय शिक्षाका लागि स्थापनाकालदेखि नै महान संघर्ष गर्दै आएको सम्पूर्णसंघीयवादी विद्यार्थीहरूको गौरवशाली साझा संगठन नै संघीय विद्यार्थी युनियन हो, नव निर्वाचित संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद क्याम्पस एकाई, धनकुटाकाअध्यक्ष देवकुमार माङ्लकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ ।
सोही विज्ञप्तिमा, जनआन्दोलन भाग २ को १८ दिने राष्ट्रिय मुक्ति आन्दोलन र विभिन्न समयमा भएका जातीय मुक्ति आन्दोलनमा संघीय विद्यार्थी युनियनले महत्वपपूर्ण भूमिका निर्वाह गर्नुका साथै समानुपातिक स्व.वि.यु. निर्वाचन प्रणालीको पक्षमा सशक्त आन्दोलन गरेको कुरा घाम जतिकै र्छलङ्ग भएको जनाइएको छ ।
नव गठित संघीय संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा बहुमुखी क्याम्पस इकाई कार्य समिति निम्नानुसार रहेको छ-
अध्यक्ष – वेदकुमार माङ्लाक
उपाध्यक्ष – सुरेन्द्र लिङ्थेप
सचिव – जिरेन्द्र लिम्बू
अर्थ सचिव – र्सर्मिला राई
प्रचारप्रसार सचिव – कर्मा कार्की
महिला सचिव – भगी लिम्बू (वाजी)
संगठन सचिव – कृष्ण कार्की
प्रशिक्षण सचिव – इन्द्रदीप माङ्याक
सदस्यहरू : सोहन लिम्बू
महेन्द्र लावती,
चन्द्र आङ्देम्बे,
हिकमत सुब्बा,
छत्र लिङ्थेप,
देवराज लिम्बू ,
तामिल लिङ्देन,
अनिता राई ,
ललिता मादेन,
मनिता थलङ्,
जंग तामाङ ।
त्यसैगरी, सोही दिन डगलसिङ नेम्बाङको अध्यक्षतामा निम्नानुसारको संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा जिल्ला कार्य निर्वाचित गरिएको छ ।
अध्यक्ष – डगलसिंह नेम्बाङ
उपाध्यक्ष – रेम्बु चाम्लिङ् राई
सचिव – योगेश लिम्बू
अर्थ सचिव – दिलु लिम्बू
महिला सचिव – जस्मा तामाङ
संगठन सचिव – योगेन्दे माङ्याक
कला तथा संस्कृति सचिव – कविता तुम्वाहाङ
प्रशिक्षण सचिव – गोपाल लिम्बू
सदस्यहरू : कृष्ण मगर
चन्द्र आङ्देम्बे,
इन्दिरा फोम्बो,
रुद्रमाया लिम्बू ,
सुरेन्द्र लिङ्थेप,
विनोद आङ्ला,
प्रमिला लिम्बू ,
दिलकुमार भुजेल,
सोहन लिम्बू ,
विष्णुकुमार लिम्बू ,
सन्तोष लुङ्बा,
अर्पणा आठपहरिया,
जेनी राई,
नारायण प्रसाद गुरुङ,
टंकराज लिम्बू,
हिमप्रसाद राई,
मनिशा श्रेष्ठ,
माया श्रेष्ठ,
चन्द्र वाजी ।
– डीबी आङबुङ, काठमाडौं
