सुनसरीको विष्णपादुका स्वास्थ्य चौकीमा मोर्चाद्वारा आगजनी
सीता मादेम्बा,
धरान, असोज ५/ सुनसरीको विष्णुपादुका गाविस र विष्णुपादुका स्वास्थ्य चौकीमा संयुक्त जातीय मोर्चाले आज राति आगजनी गरी ध्वस्त बनाएको छ ।
Bishupaduaka Temple, Dharan Sunsari
राति १२ वजे आगजानी गरिएको स्थानीय वासीले वताएका छन् । गाविस भवन र स्वास्थ्य चौकी एउटै भवनमा रहेकोले गाविसमा आगजानी गर्दा स्वास्थ्य चौकीमा भएको सम्पूर्ण औषधी सामान र गाविसमा भएको सम्पूर्ण कागजात जलेर नष्ट भएको विष्णुपादुका गाविसका सचिव गणेश प्रधानले वताउनुभयो । आगजानीवाट करिव ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । सुनसरीको मुख्य शहर धरान नगरपालिकाको मङ्गलबारेवाट करिव साढे पाँच किलोमिटरको दुरीमा रहेको सो गाविसमा आगजानीपछि गाविस सचिवले राजीनामा नदिए नछोड्ने भनेर लेखिएको पर्चा संयुक्त जातीय मोर्चाको नाममा भेटिएको ईलाका प्रशासन कार्यालय धरानका प्रमुख राममणी निरौलाले बताउनुभयो । राती १२ बजे आगलागी भएको स्थानीयवासीले गाविस सचिवलाई खबर गरेपनि वरुणयन्त्र जाने राम्रो सडक नभएको कारण गाविस भवन जलेर नष्ट भयो । योभन्दा अघि जातीय मोर्चाले सम्पूर्ण सचिवलाई राजीनामा माग गर्दै गाविस हक-हित संरक्षणकेन्द्र सुनसरीलाई पत्र पठाएको थियो । ज्यान मार्ने धम्कीका साथ राजीनामा माग गरेपछि सचिवहरुले राजीनामा दिएका थिए । तर सरकारले सुरक्षा गर्ने भएपछि साउन १५ पछि गाविस सचिवहरु पुन काममा फर्केका थिए । किरात जनवादी वर्कस पार्टीले पनि विष्णुपादुका गाविसलाई तीन लाख चन्दा माग गर्दै पहिला पत्र पठाएको थियो ।
वर्कसका व्यापक कार्यकर्ता पक्राउ परेपछि गतिविधि शून्य पारेको सशस्त्र सङ्घर्षरत किरात जनवादी वर्कस पार्टी र संयुक्त जातीय मोर्चाले केही महिनाअघि कार्यगत एकता गरेको थियो ।
