मञ्चसम्बद्ध लिम्बुवान हङकङको आइल्याण्ड इलाकामा विस्तार
श्याम इङ्नाम, हङकङ
२० सेप्टेम्बर २०१०/ संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण-सप्तकोशी नदीपूर्वको नौं जिल्लाहरुसहितको हुनुपर्छ भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सी.सी.ओ. अभियानअन्तर्गत् हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समिति गठन भएको छ ।
१९ सेप्टेम्बर २०१० आइतबारका दिन हङकङ आइल्याण्डस्थित् वान्चाईमा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको बृहत भेलाले श्री कुमार हाङस्रुङ्को अध्यक्षतामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङअन्तर्गत मातहत को हङकङ आइल्याण्ड क्षेत्रीय इलाका कार्य समितिको गठन गरेको छ । उक्त भेलामा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष श्री नबराज काम्बाङ्को आथित्यमा भएको थियो भने कार्यक्रम सञ्चालन बी.बी. लिम्बूबाट भएको थियो । उक्त भेलाले निम्न वमोजिमका व्यक्तिहरु पदाधिकारी तथा सदस्यरहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ आइल्याण्ड क्षेत्रीय कार्य समिति हङकङ सर्वसम्मत चयन गरेको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
हङकङ आइल्याण्ड क्षेत्रीय कार्य समिति हङकङ :
१. अध्यक्षः कुमार हाङस्रुङ
२. उपाध्यक्षः डम्बर कुमार काम्बाङ्
३. सचिवः उर्मिला बेघा
४. अर्थसचिवः मोहन केदेम
५. सङ्गठन सचिवः बमबहादुर काम्बाङ्
६. सदस्यः डम्बर चोङ्बाङ लिम्बू
७. सदस्यः हेम येङ्देन
८. सदस्यः योगेन्द्र पन्धाक
९. सदस्यः नेत्र बेघा
१०. सदस्यः अशोक माबॊ
११. सदस्यः नविन पन्धाक
१२. सदस्यः हिमाल केदेम
१३. सल्लाहकारः सुरेन्द्र योङ्हाङ
१४. सल्लाहकारः कुलबहादुर एभेङ
१५. सल्लाहकारः कुलमान तामाङ
१६. सल्लाहकारः काजिमान थेबे
– डीबी आङ्बुङ लिम्बुवान, नेपाल
