लिम्बुवान प्राप्तिका लागि सञ्चालित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम इसिबू तेह्रथुममा
इसिबू लिम्बुवान कार्त्तिक ४, २०६७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठकले हालै घोषणा गरेको लिम्बुवान प्राप्तिका लागि निर्णायक आन्दोलनलाई सफल बनाउन सञ्चालित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज इसिबू तेह्रथुममा सम्पन्न भयो ।
माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद इसिबू गाउँ इकाई समितिको आयोजना सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम र मञ्च तथा लिम्बुवानका सचिवालय सदस्य डी बी आङ्बुङले विविध विषयमा प्रशिक्षण दिएका थिए । साथै कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष देवनारायण सम्बाहाङ्फेले गत असोज १७-२० मा निर्णितनिर्णायक लिम्बुवान आन्दोलनका आगामी कार्यक्रमहरु घोषणा गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा बोल्द्रै प्रमुख अतिथि तथा प्रशिक्षक मञ्चका महासचिव खगेन्द्र माखिम्ले अबको कठीन र निर्णायक लिम्बुवान प्राप्तिको आन्दोलनमा लिम्बुवानवासी सम्पूर्ण जाति तथा पार्टीका जनसमुदायहरु एक भएर आन्दोलित भई आन्दोलनमा लाग्नु पर्ने र ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
यस कार्यक्रम मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद इसिबू गाउँ इकाई समितिका अध्यक्ष शिव कुमार फोम्बोको अध्यक्षतामा भएको थियो कार्यक्रमको सञ्चालन परिषद जिल्ला कमितिका सचिवालय सदस्य सेसेहाङ चोङ्बाङले गरेका थिए।
यस्तो कार्यक्रम कात्र्तिक २ गते फेदापथुमको आङ्बुङमा र पर्सि कार्त्तिक ६ गते आठराई थुमको इवामा हुने कार्यक्रम रहेको छ ।
– रोसा फोम्बो
