नेपालका राजी जाति सङ्कटमा
बाँके,खजुरा, १४ पुस / बाँके जिल्लालगायत पश्चिम नेपालका लोपोन्मुख राजी जाति आफ्नो पेसा सङ्कटमा पर्न थालेपछि वैकल्पिक पेसातर्फलागेका छन् ।
आधुनिक प्रविधिको विकाससँगै माछा मार्ने, डुङ्गा चलाउने, खोला नदी छेउछाउमा बालुवा चालेर जीवन चलाउने उनीहरूको पुर्ख्यौली पेसा सङ्कटमा परेपछि वैकल्पिक पेसा अङ्गाल्न बाध्य भएका हुन् ।
अन्य जातिले पनि माझी जातिको पेसा गर्न थालेपछि आफूहरू सङ्कटमा परेकोले अर्को पेसातर्फलागेको उनीहरूको भनाइ छ ।
अहिले राजी जातिहरू जग्गा अदिया र स्वदेश तथा विदेशमा मजदुरी गर्न बाध्य भएका छन् ।
सरकारले अन्य लोपोन्मुख जातिका लागि गाँस, बाँस, कपासदेखि स्वास्थ्य रोजगारीको व्यवस्था गरे पनि आफूहरूलाई भने वास्ता नै नगरिएको राजी साल्मा समाज नेपालका केन्द्रीय सदस्य शरजु राजीले बताउनुभयो ।
बाँके जिल्लामा ५० जना, सुर्खेतमा एक हजार २००, बर्दियामा ७९८, कैलालीमा दुइ हजार २००, कञ्चनपुरमा एक हजार १०० राजीजातिको बसोबास रहेको छ ।
– रासस/nepaliSamachar@groups.live.com

