झापाको डुँडामारीमा लिम्बुवानी साँस्कृतिक कार्यक्रम
झापा, लिम्बुवान मंसिर १, २०६७/
बलिहाङ तङ्नाम ५०७० तथा शुभ दिपावली ५०७० को उपलक्ष्यमा साचालित देउसी कार्यक्रममको समापन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गतको संघीय लिम्बुवान साँस्कृतिक परिषद, झापाले मंङ्सिर १ का दिन झापाको डुँडामारी सत्तासीधाम गाविसको प्राङ्गणमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो ।
संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको अध्यक्षता र परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न लिम्बुवानवादी साँस्कृतिक कार्यक्रम- लिम्बुवानी जागरण गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो । यही कार्यक्रममा कलाकारहरुलाई प्रसंशा-पत्र र पुरस्कारसमेत वितरण गरिएको थियो ।
– डीबी आङ्बुङ, फोटोः दिलकुमार लावती
