वलिहाङ तङनामको मुन्धुम, संस्कृति र विकृतिहरू (डी.बी. आङबुङ लिम्बू)

वलिहाङ तङनामलाई ‘तिहार’ पनि भन्दछन् । यो ‘तिहार’ को अर्थबारे सबै जाति अनुसार फरक मतहरू पाइन्छन् । तैपनि, खास कुरा त एउटै हुनुपर्ने हो । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार भन्ने प्रसङ्गबाट ‘त्यो हार’ (त्यो पराजय) हुँदै ‘तिहार’ शब्दको ब्युत्पत्ति भएको हो, भनिन्छ । तर, वास्तवमा त्यही यमराजको कथामा पनि यमराजको न त कतै जीत भएको छ या त हार नै । त्यहाँ हार र जीतको प्रसङ्ग नै छैन । यसर्थ, यो तिहार ‘त्यो हार’ शब्दबाटै बनेको हो भनेर विश्वास गर्न सकिन्न ।

नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्यहरू पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरात कालको युगतिर पुगिन्छ । किरात इतिहासकार स्व. इमानसिङ् चेम्जोङ् (किरात इतिहास र संस्कृति २०६३) र अझै पनि लिम्बुवान र किरात क्षेत्रको गाउँ गाउँमा भनिले वलिहाङ तङ्नामको मुन्धुम्को सार अनुसार किरात शासनकालमा हिन्दूहरूको प्रभाव पर्नुभन्दा धेरै पहिला त्यहाँ वलिहाङ (‘हाङ्’ को अर्थ किरात समुदायले बोल्ने भाषामा राजा, राजनेता, प्रतापी वा खरो व्यक्ति भन्ने हुन्छ) नाम गरेका किराती राजनेता थिए । मुन्धुम बताउँछ कि तिनै वलिहाङले तिहार पर्वको परम्परा बसालेका हुन् ।

जीवन र मृत्युको बारेमा भविष्यवाणी गर्नसक्ने विलक्षण प्रतिभावान व्यक्ति भएकाले वलिहाङ ज्यादै प्रसिद्ध थिए । वलिहाङ जनताको दुःख–सुखमा प्रत्यक्ष सहभागी हुने गर्दथे । उनी जनताप्रति बफादार, प्रतापी र दूरदर्शी थिए । यसरी राजकाज गर्दै जाँदा एक समय राजनेता वलिहाङको मुहारमा उदशीनता छाउन थाल्यो । जनताहरू छक्क परे । आश्चार्य चकित भए । आफ्ना प्यारा राजनेतालाई बिन्ति गर्दै सोधेपछि रहस्योद्घाटन भयो । राजनेताले भनेछन्– ‘मेरो मृत्युको दिन नजिक आएको छ । म यही कात्र्तिक महिनाको कालरात्री औंशीको रातसम्ममा मर्दैछु । यसकारण, म चिन्तित छु,, दुःखी भएको छु ।’ राजनेता वलिहाङको यस्तो कारुणिक कुरा सुनेपछि राजदरवार र देशभरि रुवाबासी चल्यो । पुनः राजनेतालाई बिन्ति चढाउँदै वहाँ बाँच्ने उपाय बताइदिन हुन आग्रह गरे । नेताले सान्त्वना दिँदै भने– ‘हुन त मलाई कालले लैजान्छ नै, तैपनि त्यस रात सबैले आ–आफ्नो घर घरमा दियो–कलश राखी रातभरि उज्यालो बत्ती बालेर काललाई नलैजान विन्ति गर्दै, ईश्वरसँग प्रार्थना गरेर बस्यौं भने कतै मर्दिन कि ।’ त्यसपछि, राजनेताले भने बमोजिम त्यो औंशीको रातमा दियो–कलश राखी बत्ती बालेर ईश्वर (तागेरा निङवाभुमाङ्) सँग आफ्ना प्यारा राजनेताको दीर्घायुको कामना गरिबसे । दुःखी जनताको यो प्रार्थनाले स्वभावैले राजनेताको मनोवलमा उर्जा थप्यो । हुनसक्छ, ईश्वरबाट पनि जनताको कामनालाई स्वीकार भयो र राजआवासमा त्यसरात बितिसक्दा पनि राजाको मृत्यु भएन । अब क्रमशः राजनेताको मुहारमा मुस्कान छाउन थाल्यो । उनी शारीरिक र मानसिक दुबै रुपले स्वस्थ्य हुँदै गए । अनि त्यस राजआवास वरिपरि रहेका जनताले खुशीले एकैसाथ भने– ‘तियाहा’ !
यसरी, हर्ष र खुशीमा भनिने यो ‘तियाहा’ भन्ने शब्दको अर्थ ‘जय’ भन्ने हुन्छ । यसप्रकार, राजनेता वलिहाङ र जनताको जीत भयो– मुत्यृसित । तसर्थ, यो कुनै अन्य समकक्षी व्यक्ति वा शत्रू विशेष्सित भएको जय नभएर स्वयम् मृत्युसँग भएको विजय हो । यसपश्चात्, राजनेता वलिहाङले निर्देशन दिए कि यसरी निको भइसक्दा पनि अझै विचरा जनताहरू राजनेता के भए भनेर विलौना गर्दै पीर–मर्कामा पूजाआजा गर्दै सुर्ताएर बसेका होलान् । त्यसैले, अब यहाँका सम्पूर्ण कार्यकर्ताहरू सबैतिर राजनेता वलिहाङको निको भएर स–कुसल रहेको खबर प्रत्येक कुना–काप्चामा पु¥याउन निर्देशन दिने सल्लाह भयो ।
त्यही निर्देशन अनुसार सञ्चारकर्मीको रुपमा आम कार्यकर्ताहरू गाउँघर डुल्दै ‘वलिहाङरÞेन् तियाहा ! (वलिहाङको जय भयो)’ भन्दै खबर पु¥याउँदै हिँडे । तिनीहरू आजका सञ्चारवाहक पत्रकारजस्तै थिए । यसरी अहिले याक्थुङ भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्दनै खस नेपाली भाषामा अपभ्र्रंस हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो । अझै पनि किरात (लिम्बू) जातिमा कुनै धार्मिक वा साँस्कृतिक अनुष्ठान गर्दा सामूहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।

यसरी प्रतापी राजनेता वलिहाङको मृत्युसित विजय ‘तियाहा’ भएको सम्झनामा अझै पनि किरात याक्थुङ (लिम्बू) समुदाय लगायतले वलिहाङ तङ्नाम् मनाउँदछन् ।

तिहारमा खेलिने देउसीको अर्थ : 

देउसी वा देउसीरे भन्ने शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई सार्थक अर्थ लाग्ने किरात (लिम्बू÷खम्बू) शब्दबाटै बनेको देखिन्छ । किरात (लिम्बू) भाषामा त्रिकालदर्शी व्यक्तिलाई ‘तेअङ्सि’ भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने हुन्छ । किरात मतमा वर्णित राजनेता वलिहाङ त्रिकालदर्शी थिए । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे– र त उनले आफ्नो सम्भावित मृत्युबारे थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे । यस्ता व्यक्तिलाई किरात लिम्बू जातिमा ‘तेअङ्सि’ भनिन्छ । जस्तै, किरात सिरिजङ्गा लिपिका पुनर्उत्थानकर्ता तेअङ्सि सिरिजङ्गा यसको ज्वलन्त उदाहरण हुन् ।
अतीतका कुराहरू समयसँगै व्थतीत हुँदैजाँदा कथाजस्तै हँुदै जान्छन् । यस्तै कथाजस्तै वर्णित वलिहाङको वर्णनमा आउने खबरदारीहरू ‘तियाहा ! हाम्रा राजनेता वलिहाङको जय भयो’ भन्दै सूचना प्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रतिप्रश्न सोधे– ‘हैन, तिमीहरूलाई यसरी कसले पठाएको ?’ जवाफमा उनीहरूले भने– ‘तेअङ्सिरेÞ (महात्माले)’ । ती महात्मा– तेअङ्सि तिनै राजनेता वलिहाङ थिए । यसरी, ‘तेअङ्सि’ले पठाएको भनी पटक–पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको ‘तेअङ्सिरÞे’ भन्ने शब्दनै अपभ्रंस भएर कालान्तरमा देअङ्सिरेÞ हुँदै ‘देउसी र देउसिरे’ भएको हुनुपर्छ । अझै पनि देउसी खेल्दा आफ्नो देउसी खेल्ने हक–अधिकारको सफाया दिन देउसी टोलीहरू भन्ने गर्छन्– ‘ए, हामी तेसै आएको होइन, यहीँको भूमिराज (खाम्बेक्हाङ÷लाजेहाङ)ले खटाएको, वलिराज (वलिहाङ)ले पठाएको’ भन्ने चलन छ ।

वलिहाङ मुन्धुममा मौलिक वलिहाङको गाथा गाउँदै सृष्टि र सभ्यताको विकाससँगै यो भूमिमा राजकाज गर्ने परम्परा सुरुभई किरात शासनकालको चर्चा गरिन्छ । त्यही समयमा भएको एक प्रतापी राजनेता वलिहाङको चर्चा, सम्झना र सम्मान गरेर मुन्धुम पूरा गरिन्छ । आफ्नो मौलिक बाजा बजाउँदै, हाक्पारे साम्लो गाउँदै घरघरमा पुगी वलिहाङको सन्देश सुनाएर आफूहरूलाई स्वागत–सत्कार गर्दै हातको सोबित् (सुम्बो हुक्वा) स्वरुप सौगात वा कोशेली पात् दिएबापत शुभआशीर्वाद (माङ्वा–हाङ्वा) प्रदान गरिन्छ ।
वलिहाङ तङ्नामको मुन्धुममै के–कसरी यो तङ्नामलाई मनाउने भन्ने भाव हुन्छ । वलिहाङ तङ्नामको मुन्धुम गाउँदा सहयोगीहरूले आकासमा घाम उदाउने वा उदाएको समय बिहानदेखि दिउँसोसम्म नाम्रिङ्गेःक् (सूर्योदय÷सूर्योदय भएसम्म) भनिन्छ । त्यसैगरी, आकाशमा घाम अस्ताएर जून उदाएदेखि अस्ताएसम्म लाःरिङ्गेःक् (चन्द्रोदय÷चन्द्रोदाइञ्जेल) भन्ने गरिन्छ । यसका साथ, आशिष दिँदा भने पिरुम्सिम्लो (दिऊँ है), था?रुम्सिम् रो (दिइराखौं है) भनिन्छ । पहिले र अझैपनि गाउँघरतिर यो नाम्रिङ्गेःक÷लाःरिङ्गेःक् भनेजस्तै वलिहाङ मुन्धुम्को हरेक चरणको अन्तमा ‘ताम्म्राङ्गेःक्’ पनि भन्ने गर्दछन् ।

वलिहाङ तङनामको मुन्धुम अनुसार गर्नुपर्नेः

खासमा, वलिहाङको मुन्धुम् अनुसार देउसी खेल्नेले गाउँगाउँमा गएर सृष्टि र सभ्यताको मुन्धुम्सँगै वलिहाङको मुन्धुम् सुनाउँदै साँस्कृतिक कार्यक्रमहरू गरेर सबै जनतालई सामाजिक, साँस्कृतिक र राजनीतिक रुपमा सचेत गराउने कार्यक्रमहरू गर्नुपर्ने हो । एउटा गाउँ र अर्को गाउँ अथवा एउटा जाति र अर्को जातिबीचमा सहयोग र सद्भावको विकास हुने कार्यक्रमहरू गर्नुपर्ने हो । त्यसै गर्थे पहिले गाउँघरमा र अहिले पनि यसको मर्म बुभ्mनेले त्यसै गर्दछन् । तर धेरै जसो व्यक्ति, संस्था र समुदायबाट यसलाई त्यसरी लिन न गर्नको सट्टा केवल पैसा उठाउने र रमाइलो गर्ने पक्षमा मात्र विकसित हुँदै जानुले यो वलिहाङ तङ्नाम (तिहार)को भविष्य पनि खतरामा पर्दै गएको आभाष् हुन्छ । यी र यस्ता चाडहरूलाई संस्थागत गर्न र समयानुसार सार्थक रुपमा मनाउँदै लैजानका लागि आदिवासी जनजातिको हकमा सम्बद्ध जातीय, धार्मिक र साँस्कृतिक संघ–संस्थाहरूले विशेष ध्यान दिई सही मार्गमा डो¥याउँदै लाने कार्यक्रम र नीतिहरू अपनाउँदै लैजानु आवश्यक छ ।

तिहारमा खेलिने जूवा–तासको विकृतिः

तिहारको बेला हिन्दू संस्कृतिअनुसार घरदेखि गल्ली, सडक र चोकचोकमा जूवा–तास खेल्ने चलन छ । यो चलन गाउँभन्दा पनि शहर बजारमा अझ व्याप्त छ । यसरी तिहारमा जूवा–तास खेल्ने चलन आदिवासी किरात समुदायको संस्कार र चलनसँग सम्बद्ध भएको पाइँदैन । यो केवल हिन्दू संस्कृति अनुसारमात्र यम पञ्चकको रुपमा मानेर खेल्ने गरिन्छ । मनोरञ्जनको रुपमा खेल्नु ठीकै भए पनि यसलाई संस्कृतिकै एउटा अङ्गको रुपमा मानेर लैजाँदा यसले अरु त के हिन्दू समुदायलाई पनि हित गर्दैन । साथै, यसको नकारात्मक असर अन्य आदिवासी समुदायमा पनि पर्न जान्छ । यो जूवा–तास आदिवासी समुदायले खैल्दै नखेलेर र खेल्नेले पनि यसलाई चाडै छोड्नु पर्दछ । अर्थात् यो जूवा–तास खेल्ने परम्परालाई सांस्कृतिक रुपमा मान्नु र वैधता दिनुको कुनै औचित्य रहँदैन ।

तिहारमा दान, दक्षिण माग्ने र दिने–लिने विकृति:

ख्याल ख्यालमै अहिले आएर तिहार चाड पनि दशैंभन्दा विकराल दशाको रुपमा विकसित हँुदैछ । चाड मान्ने र देउसी खेल्ने निहँुमा वलिहाङको नाम जप्दै बलजफ्ती चन्दा र दान–दक्षिणा असुल्ने गलत चलन हावी हुँदैछ । यसलाई स्वैच्छिक र सार्थक रुपमा अवलम्बन गर्नु नराम्रो पनि होइन । यसको उन्मूलनको लागि यतिमात्र पैसा दिने भनेर बरु दररेट तोकिन्छ तर कहिल्यै पनि यसको ऐतिहासिक तथ्यलाई खोतलेर गलत कुराको जरै उखेल्ने प्रयत्न गरिन्न । यो हाम्रो पनि व्यवहारिक कमजोरी र मानसिक विकृति हो ।
नेपालका आदिवासी किरात लिम्बू संस्कृति अनुसार त तिहार वा कुनै कुरामा पनि दान, दक्षिणा माग्ने र दिने–लिने संस्कार छैन । यो पछि थोपरिएको विकृति हो । पहिले वलिहाङको सु–समाचार प्रवाह गर्ने खबरदारीहरूलाई माया गरेर, दया लागेर मानवीय सहयोगको भावनाले सु–समाचार ल्याएकोमा खुशी हुँदै बाटो खर्च, केही चिजवीज वा खानेकुराहरू दिने वा खुवाई पठाउने क्रम्को सुरुवात भयो होला । र, अझै पनि सही रुपले तिहारको अर्थ र देउसीको मर्मानुुसार देउसी खेल्नेले यसलाई त्यसरी नै बुभ्mने वा लिने गर्दछन् । गाउँघर वा शहर बजारतिर पनि कतै देउसी खेल्दा खाजापानी दिने चलन अभैm पनि छँदैछ । तर, अब बिस्तारै यो चलन लोप भएर खाजाको सट्टा पनि नगद नै दिनुपर्ने चलन नआउला भन्न सकिन्न । त्यसरी खाजा दिनु भनेको पैसा दिनुभन्दा पनि ठूलो सम्मान दिनु र पाउनु हो । यो ‘सुम्बोहुक्वा’ (हातको सोवित्) दिने चलन पनि हो । यो सुम्बोहुक्वा वा हातको सोवितसँगै खासमा माया, ममता सहयोग, सद्भाव र सम्मान पनि दिइएको हुन्छ । तर, यतिमात्र पैसाले हँुदैहुँदैन, यति त दिनैपर्छ; कालो कात्तिकमा दिएको दानै हुन्छ भन्ने चलन गर्नु यो चाड र संस्कृतिको मर्मविपरीत हुन्छ ।

यस्ता गलत पक्षहरूलाई सुधार्नको लागि कसैको करकाप् र भूलभुलैयामा नपरी आफ्नै संस्कार–संस्कृति र चाडपर्वहरूलाई पनि एक पटक गहिरो गरी अध्ययन गरेर यसको मुन्धुम् वा मर्मविपरीत विकसित वा अर्काको संस्कृतिबाट भित्र्याइएका गलत प्रवृत्तिहरूलाई सच्याएर लैजानु पर्ने भएको छ । यसो गर्नसके साँच्चिकै गौरव गर्न लायकको संस्कार–संस्कृतिहरूको अवलम्बन र विकास हुँदै जानेछ । तिहार र देउसीको सवालममा पहिले सञ्चारको साधन थिएन र कुनै समाचार पु¥याउन घरघर नै चहार्नु पर्दथ्यो । आज संसार सञ्चारले सानो गाउँझंै साँघुरिएको जमानामा त्यही अनुसार कतिपय परम्परागत संस्कारहरूलाई सच्याउँदै लानु अपरिहार्य भएको छ । यदि यसो गर्न सकिएन भने त्यो चाडले सामाजिक–साँस्कृतिक रुपमा कुनै सार्थकता बोकेर समाजलाई सही दिशाबोध गर्न सक्दैन ।

तिहारमा गरिने पूजा अनुष्ठानः

मानव समाज र सभ्यताको विकासक्रम्मा आइपरेका कैयौं समस्याहरूको सामना गर्दै आउँदा जानी नजानी विभिन्न मूल्य–मान्यता र संस्कार–संस्कृतिहरूको सिर्जना भई विकास हँुदै आएको हुनुपर्छ । यी कुराहरूले मानव समाजलाई वर्तमान र आउने भविष्यप्रति सदैव सजक र सचेत गराइरहन्छ– यदि त्यो सही छ भने । यदि त्यो गलत छ भने पछिको त के कुरा वर्तमानमै पनि त्यो संस्कारसँगै बाँच्न र अस्तित्व कायम गर्न गाह्रो भइदिन्छ । झण्डै, यो तिहार पनि त्यस्तै हुन लाग्दैछ– हाम्रो कजजोरी र एकात्मक राज्यसत्ताको कारणले गर्दा ।
यो तिहारमा गरिने पूजाआजा र मानिने–पुजिने वस्तुहरूको बारेमा चर्चा गर्दा, यो तिहार चाडमा केही सही कुरासँगै अनगिन्ती गलत कुराहरू पनि हावीहुँदै आएको छ । अलिक सम्वेदनशील भएर आफ्नै संस्कार–संस्कृतिको कोणबाट हेर्दा थुप्रै बेमेल र विभेद्पूर्ण संस्कारहरू विकसित भएको पाइन्छ ।
वहिहाङको मुन्धुम् अनुसार तिहारमा काग, कुकुर, गाई, गोरु र भाइलाई देवता मानेर पूजा गर्ने प्रसङ्ग कतै पाइँदैन । यो तिहारमा आजसम्म विद्यमान काग, कुकुर, गाई, गोरु तिहार र केवल चेलीले मात्रै भाइ–दाइको पुजा गर्नुपर्ने ‘भाइटीका’ एक पक्षीय, पक्षपाती चलन किरात (याक्थुङ) मुन्धुम्को मर्म र संस्कारभित्र पाइँदैन । यो पछि हिन्दू संस्कारबाट भित्र्याई कोचिएका वा जोडिएका विकृतिहरू हुन् ।

तिहारको प्रमुख तथ्य मुन्धुम् राजनेता वलिहाङको प्रसङ्गमा कतै पनि चेलीले माइतिलाई टीका र पूmलमाला लगाइदिएर पूजा गरिदिएको प्रसङ्ग छैन । वलिहाङको मुन्धुम् अनुसार तिहारको सुुरुदेखि औंशीको रातसम्म पहिलेका उनै प्रतापी कुसल राजनेता वलिहाङको सम्झना र सम्मान गर्दै अबका राजनेताहरू पनि तिनै वलिहाङजस्तै जनताको लागि मरिमेट्ने असल नेतृत्व र शासक होऊन्; उनीहरूलाई कुनै विघ्न बाधा–अड्चनहरू आई नलागोस् र देशमा शान्ति सुव्यवस्था छाइरहोस् भनेर आफ्नो इष्टदेव देवी (तागेरा निङ्वा?भुमाङ÷युमा÷थेबा÷सुम्निमा÷पारुहाङ… आदि) सँग दियो–कलश बाली बिहान बेलुकी सेवा प्रार्थना गर्नु सान्दर्भिक हुन्छ ।

मुन्धुम् अनुसार प्रकृतिमा पाइने जति पनि पूmलहरूको बेग्लै अर्थ, उपादेयता र पहिचान छ । किरात समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक–सांस्कृतिक रुपमा पाप वा अशुभ (सो?) हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली माइतिबीच एकापसमा फूलको आदान–प्रदान वा हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि । किरात संस्कार, संस्कृति र मूल्य–मान्यतानुसार केवल बिहेमा मात्रै बेहुला–बेहुलीबीचमा उनिएको पूूmलको माला एकापसमा लगाइदिने गरिन्छ । किरात लिम्बू जातिमा जुनसुकै फूलहरू तरुनी–तन्देरीबीचमा पनि आदान–प्रदान गरिँदैन । विभिन्न किसिमका फूलहरूमध्ये शुभ र मानिस जातिका पूmलहरू मात्र आदान–प्रदान गरिन्छ । त्यसमा पनि तरुनी–तन्देरीले सुनाखरी पूmल –अम्लारि फुङ) माया प्रेमको प्रतीक फूलको रुपमा दिने–लिने गर्दछन् । त्यसैगरी, शुभ कार्य र अशुभ कार्यमा दिनेलिने र प्रयोग गर्ने फूलहरू बेग्ला बेग्लै हुन्छन् । त्यसमा पनि तिहारमा प्रयोग गर्ने बाबरी फूल (अन्दङ्फुङ) त मुन्धुम् अनुसार मान्छेले लगाउन नहुने पशु वा बाघको प्रतीक फूल हो । सिल्लरी पूmल (सेक्मुरिफुङ्) समग्रमा मानिसको प्रतीक फूल हो । यसैगरी, सयपत्री पूmल (थोप्पारा फुङ्) तरुण युवा युवतीको फूल हो ।

यसरी प्रकृतिमा पाइने प्रायः सबै फूलहरूको आफ्नै महत्व, पहिचान र उपादेयता मुन्धुम्मा वर्णन भएको पाइन्छ । तिहारमा ओखर–पाङ्ग्रा फुटाएर, तेलको घेरो लगाउँदै दाइभाइको वरिपरि घुम्दै फन्को मारेर विभिन्न रङ्गहरूको टीका र आफ्नो संस्कारसँग मेल नखाने फूलको माला लगाइदिनुभन्दा अन्य सहज विकल्प बारे सोच्नु आवश्यक छ ।

तिहारमा चेली–माइतिको बीचमा केही अनुष्ठानहरू नगरी नसकिने वा नहुने अवस्था भए सोही दिन पारेर किरात लिम्बूहरूको हकमा प्रत्येक छ महिनामा चेली–माइति दुबै पक्षले गरिने शीर उठाउनी (माङ्गेन्ना) सेवा अनुष्ठान कार्य गर्न सकिन्छ । यो माङ्गेन्ना गर्ने आफ्नै शैली र मुन्धुम् हुन्छ । यसमा चेलीको माङ्गेन्ना गर्दा माइति र माइतिको माङ्गेन्ना गर्दा चेलीको उपस्थिति अनिवार्य मानिन्छ । यसमा एक अर्काको पूजाभन्दा पनि मुन्धुम् अनुसार दियो—कलश र मुन्धुम् विधिले एकअर्काको शीर उठाइदिने कार्य गरिन्छ । जीवनयात्रा र सङ्घर्षका मोडहरूमा रहँदा कहींकतै शीर ढल्छ, ढल्नसक्छ । शीर ढलेको मान्छेले कुनै प्रगति गर्न सक्दैन । यसको लागि त्यो ढलेको शीर वा तेतिकै पनि कहिल्यै मेरो चेली वा माइतिको शीर नढलोस् भनेर गरिने अनुष्ठान ‘माङ्गेन्ना’ (शीर उठाउनी) गर्नु ‘भाइटीका’ भन्दा कम महत्वको विषय हो र ?

मूलस्रोत:
ता:न्छोप्पा मासिक वर्ष- १७, अंक- ११, मंसिर २०६९ (Nov./Dec. 2012)