अष्टेलियामा संघीय मञ्चसम्बद्ध लिम्बुवान गठन

निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’

क्याण्टवरी (अष्टेलिया), ३ नोभेम्बर २०१२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त  ३ नोभेम्बर २०१२ का दिन टट उचष्लअभकक कत , ऋबलतभचदगचथ, सिड्नी मा आयोजना गरिएको कार्यक्रम एक कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।
आधुनिक लिम्बुवानी सहिदहरु माङतोक् लिम्बू र मनिल तमाङलगायत ज्ञात–अज्ञात शहिदहरुप्रति मौन धारण  गरी सुरु गरिएको सो कार्यक्रमको व्यबस्थापना गोलमेच शैलीमा गरिएको थियो । धेरै व्यस्तताको बाबजुद पनि कार्यक्रममा उपस्थित हुनु भएका सहभागिहरुमा धन्यवाद ज्ञापन तथा स्वागत गर्दै कार्यक्रमको औचित्य, आवश्यकता र सान्दभिर्कताको बारेमा मनुराज निङलेकु लिम्बूले प्रष्ट पार्नु भएको थियो ।


कार्यक्रममा आङ्खनो विचार राख्ने क्रममा नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका अध्यÔ गण्ँेश तमाङले राज्यबाट उत्पीडनमा परेका सबै जनताहरुको भरसक एउटै पार्टीमा आवद्ध हुनुपर्ने; यदि त्यसो नभए पनि मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता तामाङले औंल्याउनु भयो । वहा“ले सो कार्यक्रम स्वागतयोग्य भएको र आउने दिनहरुमा सकेको सहयोग गर्ने बचन समेत दिनुभयो ।
तेस्तै विचार  राख्नेक्रम्मा नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका उपाध्यÔ चित्रबहादुर तुम्बाहाङफेले लिम्बुवान स्वयत्त राज्य प्राप्तिको आन्दोलनमा अन्य केही दलहरु देखिए पनि मुख्य शक्तिको रुपमा स्थापित भएर देश–बिदेशमा विश्वास जित्न सफल भनेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद नै भएको र यसैलाई सबैले साथ–सहयोग गरी अगाडि बड्नुपर्ने धारणा राख्नु भयो ।


कार्यक्रममा आङ्खनो बिचार  राख्नेक्रम्मै समाजसेवी नीमा ग्याल्जे शेर्पा गोपर्माले लिम्बुवान आन्दोलन भनेको लिम्बुवान स्वयत्त राज्य प्राप्तिको आन्दोलन मात्र नभै यो आन्दोलन भनेको अहिले राष्ट्रको सङक्रमणकालीन अवस्थालाई निकास दिनु पनि भएको बनाउ“दै लिम्बुवान आन्दोलन अत्यन्तै सभ्य, संयमित र सन्तुलित ढङ्गले सशक्त रुपमा अघि बढिरहेको बताउनु भयो । साथै, वहा“ले परिÈदको निमित्त जस्तोसुकै सहयोग गर्न तत्पर रहेको आश्वासन समेत दिनुभयो ।
यसरी, विचार  राख्नेक्रममै याक्थुङ चुम्लुङ अष्ट्रेलियाका अध्यक्ष बिष्णु फोम्बो लिम्बूले यो कार्य पहिलेनै हुनुपर्ने थियो तर ढिलै भए पनि स्वागत योग्य भएको भन्दै आफूले सक्ने सहयोग सधैं रहने बताउनु भयो । तेस्तै, समाजसेवी सशी सुब्बाले लिम्बुवान आन्दोलनलाई उक्त कार्यक्रमले  आर्थिक, मनोवैज्ञानिक रुपमा सहयोग हुनुको साथै ठूलो उर्जा मिल्ने र सोको लागि आफू पनि सहयोग गर्न तत्पर भएको बताउनु भयो ।
विचार  राख्नेक्रममा बुद्धिजीबी घनेन्द्र ङ्खयाक लिम्बूले अष्ट्रेलियामा परिÈद गठन हुनु भनेको संघीयता नचाहने यथास्थितिवादीहरुको लागि ठूलो मनावबैज्ञानीक झापट् हो भने अग्रगमनकारी, पहिचान सहितको संघीयता चाहनेहरुको लागि ठूलो उत्प्रेण्ाँदायी उर्जा हो भएको बताउनु भयो ।

मनुराज लिम्बू

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममै नातबम टेलिभिजनका सञ्चालक तथा गायक नरेन्द्र कुलुङले पहिचानको आन्दोलनमा भोगेको तितो अनुभव सुनाउ“दै परिÈद अष्ट्रेलियामा गठन हुनु पहिचान सहितको संघीयताको आन्दोलनमा कोशे ढुङ्गा साबित हुने अभिमत राख्नु भयो । तेस्तै, अम कुमार वाम्बुले, राम कुमार सिप्थुङखा खम्बु, बबिता बान्तवा लगायत उपस्थित सबैलाई छोटकरीमा आङ्खनो बिचार  राख्ने समय दिएइएको थियो । उपस्थित सबैले नै कार्यक्रम स्वागतयोग्य भएको भन्दै आङ्खनो तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर भएको भनाइ राखेका थिएदिनको २ बजेबाट सुरुभई सा“झ ६ बजे सम्पन्न भएका उक्त भेलाले मनुराज निङ्लेकूको अध्यक्षतामा २१ सदसिय कार्य सर्व सम्मतिले चयन गरी ८ सदस्यीय सल्लाहकार समितिको चयनसमेत  गरेको छ ।
मनुराज निङ्लेकूको अध्यक्षतामा गठित २१ सदस्यीय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, अष्ट्रेलियाको उपाध्यक्षहरुमा रामकुमार सिप्तुङ्खा खम्बू र लोकेन्द्र सम्बाहाङ्फे रहुन भएको छ । त्यसैगरी परिषदका महासचिव र उपमहासचिवमा क्रमशः सुवास निङ्लेकू र बबित बान्तवा रहनुभएको छ । यसैगरी, काषाध्यक्षमा सबिता चेम्जोङ र उप–कोषाध्यक्षमा अम कुमार वाम्बुले रहनुभएको छ । यसरी नै समितिका सदस्यहरुमा सुमन गुरुङ, नविन काम्बाङ, युद्ध राई, झरेन्द्र यक्पाङ्देन, जगत चेम्जोङ, नरेश बायुङ, सन्तोष चेम्जोङ, आशिष लोहरुङ, जुजुमान सम्बाहाङ्फे, आनन्द लोहोरुङ, सुशिल तुम्बाहाङ्फे, योन्ज तामाङ, दिपक निङ्लेकू र अस्मिता सेनेहाङ रहुनुभएको छ ।


मञ्च सम्बद्ध लिम्बुवान प्रवास कार्य समिति अष्टे«लियाका सल्लाहकारहरुमा नीमा ग्याल्जे शेर्पा गोपर्मा, चित्रबहादुर तुम्बाहाङ्फे, गणेश तामाङ, विष्णु फोम्बो, शशी सुब्बा, घनेन्द्र फ्याक, नरेन्द्र कुलुङ र हिस्से शेर्पा रहनुभएको छ । यो कार्यक्रमको सञ्चालन सुवास निङ्लेकूद्वारा गरिएको थियो ।