संघीय समाजवादी पार्टी, नेपालको घोषणा
काठमाडौ, २२ नोभेम्बर १२/ राज्य पुनर्संरचना समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस अडेको कारण पार्टी परित्याग गरी तत्कालीन एमालेको केन्द्रीय उपाध्यक्ष अशोक राईको अध्यक्षतामा मंसिर ७ गते नयाँ पार्टीको घोषणा भएको छ ।
संघीय समाजवादी पार्टी, नेपाल नामाकरण गरिएको पार्टीको सिद्धान्त ‘जातीय मुक्तिको लागि संघीयता र वर्गीय मुक्तिको लागि समाजवाद/मार्क्सवाद’ स्पष्ट भनिएको छ ।
संविधान निर्माणको यो चरणमा संविधानको विषय मुख्य बहस हुनुपर्ने बेलामा सिर्फ प्रधानमन्त्रिको कुर्सिको बारेमा मात्र केन्द्रित बनेका खस आर्यनको प्रतिनिधिमुलक एमाले, काँग्रेसप्रति जनताको आस्था घटिरहेको बेला लोकप्रिय नेता राईको नेतृत्वमा नयाँ पार्टी घोषणा हुनुले संसारभर छरिएर रहेका शोषित उत्पीडित लगायतका नेपाली जनताहरुमा उल्लास छाएको छ । राईले गत एमालेको केन्द्रिय महाधिवेशनमा सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष पद जित्नु भएको थियो ।
काठमाडौंमा आयोजित बिशेष समारोहमा अध्यक्ष राईले पार्टीको नाम र झण्डाको सार्वजजिक गर्नुहुदै ९८ जना सदस्य रहेको केन्द्रिय तदर्थ समितिको घोषणा गर्नुभएको हो । त्यस्तैगरि महासचिव चुनिनु भएका राजेन्द्र श्रेष्ठले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभयो । उपाध्यक्षहरु विजय सुब्बा, दुर्गामणि देवान, बीरबहादुर तामाङ, रकम चेम्जोङ, हेमराज राई, महोम्मद रिजवान अन्सारी र गोपाल ठाकुर रहनुभएको छ । त्यस्तैगरि उपमहासचिवमा अजम्बर काङमाङ, राधा तिमिल्सिना, नोर्साङ शेर्पा र सचिवमा मीना गुरुङ, हीरालाल चौधरी, कर्णबहादुर बुढामगर, रामसिंह यादव र डि.बी. नेपाली चयन हुनुभएको छ ।
समाजवादी पार्टीमा एमाले, काँग्रेस लगायत अन्य दल परित्याग गरेकाहरु सहभागि छन भने सबै जातजातिलाई समेटेर समावेशि बनाईएको छ । धेरैले यस पार्टीलाई बैकल्पिक शक्तिको रुपमा आस गरेका छन यद्यपी दर्शन कुन राख्ने सवालमा माक्सवाद र प्रजातान्त्रिक समाजवादको विषयमा छलफल नसिद्धिएको कारण डा. चैतन्य सुब्बा, डा. कृष्ण भट्टचन, पासाङ शेर्पा, कुमार राई लगायत सहभागि बनेका छैनन ।
काँग्रेस, एमाले जातिवादी पार्टी भएकोले त्यसको विकल्प अर्को जातिवादी पार्टी हुन सक्दैन त्यसैले सबै जातिहरुको अनुहार झल्कने साझा पार्टी आज निर्माण भएको कुरा उपाध्यक्ष महोम्मद रिजवान अन्सारी बताउनु भयो ।
विदेशमा रहेका नेपालीहरुको सुविधाको लागि नेपाली समाचार डटकमले प्रत्येक्ष लाइभ प्रसारण पनि गरिएको थियो भने एक शुभ चिन्तक तिगेलाले पार्टीको वेवसाइट www.federalsocialist.org पहिल्य नै बनाई सक्नुभएको छ उक्त वेवबाट पनि प्रत्येक्ष प्रसारण भएको थियो ।
आज निर्माण भएको तदर्थ समितिले अब केही महिना भित्र नै राष्ट्रिय महाधिवेशन गर्दै नयाँ निर्वाचनको लागि सशक्त रुपबाट लाग्ने बताएका छन ।
संघीय समाजबादी पार्टी नेपाल,
केन्द्रीय तदर्थ समिति
२०६९
१. अशोककुमार राई – अध्यक्ष
२. विजय सुव्वा – उपाध्यक्ष
३. दुर्गामणी देवान – उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक – उपाध्यक्ष
५. वीरवहादुर लामा – उपाध्यक्ष
६. रकम चेम्जोङ – उपाध्यक्ष
७. हेमराज राई – उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी – उपाध्यक्ष
९. गोपाल ठाकुर – उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ – महासचिव
११. अजम्वर राई काङमाङ – उपमहासचिव
१२. राधा तिमिल्सिना – उपमहासचिव
१३. नोर्साङ लामा – उपमहासचिव
१४. मिना गुरुङ – सचिव
१५. होरीलाल चौधरी – सचिव
१६. कर्णवहादुर वुढा मगर – सचिव
१७. रामसिं यादव – सचिव
१८. डि.वि. नेपाली – सचिव
१९. डा. मंगलसिद्धि मानन्धर – अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा – अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई – अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ – अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा किसान
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. राज मोहम्मद अन्सारी
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. कर्णवहादुर वुढा मगर
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीरास गुरुङ
९८. कुमवहादुर तामाङ



