संघीय समाजवादी पार्टी, नेपालको घोषणा
राज्य पुनर्संरचना समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस अडेको कारण पार्टी परित्याग गरी तत्कालीन एमालेको केन्द्रीय उपाध्यक्ष अशोक राईको अध्यक्षतामा मंसिर ७ गते नयाँ पार्टीको घोषणा भएको छ ।

