जिल्ला प्रथम क्यान्सर पीडित बनेपछि जीवनको भीख माग्दै
राजु थापा, संखुवासभा,
मुत्रथैलीको क्यान्सरबाट पिडित संखुवासभा जिल्ला खादबारी नगरपालिका २ चेवाका १९ बर्षिय गंगालाल बुढाथोकीले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।
सदरमुकाममा रहेको हिमाल उच्च माविमा कक्षा १२ मा अध्ययनरत उनको आर्थिक अभाबका कारण १ बर्ष अघिदेखि लागेको क्यान्सरको उपचार गर्न नसकेका हुन् । राजधानि काठमाण्डौमा रहेका विभिन्न अस्पतालमा उपचार गराउदा ऋण काढेर ७ लाख रुपैया सिध्याए तर नेपालमा उपचार असम्भव भयो गंगालालका बाबु श्याम बहादुर बुढाथोकीले भन्नुभयो । साधारण किसानी हु उपचार गर्ने पैसा छैन भएको घरबारी साहुको मा राखीसके भरतपुरको क्यान्सर अस्पतालले भारतमा रहेको राजिव गान्धि क्यान्सर अस्पतालमा उपचारको लागि रिफर गरेको छ अब मैले छोराको उपचार कसरी गर्नु गह भरि आसु पार्दै श्याम बहादुरले बताउनुभयो । क्यान्सर पिडित गंगालाल गत बर्षको कक्षा ११ को परिक्षामा जिल्ला प्रथम भएपनि उनले कक्षा १२ को भने बिरामीका कारण परिक्षा दिन नपाएको बताउदै गंगालाल भन्छन् “ कसैले मेरो उपचारमा सहयोग गरिदिए म बाच्न सक्थे होला ।” गंगालालका बाबु श्याम बहादुरले छोराको उपचारका लागि सहयोग गरिदिनुहन विभिन्न सञ्चार माध्यम मार्फत अनुरोध गर्नुभएको छ ।
सहयोग गर्नेहरुलाई उहाले ९८४२३४४२१८ अथवा यसै संस्थाको कार्यलय मा सम्र्पक गर्नको लागि अनुरोध गर्नुभएको छ ।
