नेवारको १७ धार्नी नाक काटने पृथ्वी नारायण शाहलाई युद्ध अपराधि घोषणा गर्न माग
नेपाल आदीवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आफ्नो फेसबुक स्टाटस मार्फत किर्तिपुरका नेवारहरुको १७ धार्नी नाक, कान काट्ने पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । शाहले खुनी हमलाबाट नेपाललाई एकात्मककरण गरेका थिए । स्टाटसमा यस्तो भनिएको छ:
१७ धार्नी आदिवासी आदिवासी नेवारको नाक काटने पृथ्वी नारायण शाहलाई युद्ध अपारधी घोषणा गरियोस ।
शासक जाती र वर्गले लेखेको ईतिहासमा उत्पीडित र उपेक्षीतहरु कथा व्यथा लेखेको हदैन भनेको सुनेको थिए । पृथ्वी नारायण शाहको गुणगान गाउने नेपालको ईतिहासले काठमाडौ उपत्याकमा १७ धार्नी आदिवासी नेवारहरुको नाक काटेकोबारे किन बोल्दैन ?
आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने पृथ्वी नारायण शाहलाई मरोपरान्त युद्ध अपारधी घोषणा गरिनुपर्छ । सिहंदरवारको अगाडी युद्ध अपारधी पृथ्वी नारायण शाहको शालिक तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस । पृथ्वी नारायण शाहको गुणगान मात्र वणर्न गरिएको नेपालको ईतिहास तत्काल सचाइयोस ।
विश्लेषक : आङ काजी शेर्पा किसान
२९१ औं पृथ्वी जयन्ती मनाईदै
२७ पुस, काठमाण्डौं । राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको २ सय ९१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । विभिन्न सङ्घ संस्थाहरूले सिंहदबारमा अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन् ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले छरिएर रहेका साना साना बाईसे, चौबीसेराज्यहरूलाई मिलाएर नेपाल एकीकरणको अभियान थाल्नुभएको थियो । राजा पृथ्वीनारायणको जन्म वि.सं. १७९९ पुस २७ गते भएको थियो ।
उहाँको स्मृतिमा मनाईने राष्ट्रिय एकता दिवस भने २०६२/०६३ को जनआन्दोलनपछि बनेको सरकारले भने पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस कार्यक्रमलाई खारेज गरिसकेकाले सरकारले भने यस अवसरमा केही कार्यक्रमहरु गर्ने गरेको छैन ।
—————————————————————–
कविता:
पृथ्वीनारायण पाखण्डी र युदअपराधी
उत्तर भारतको हिन्दु रजौटाहरुलाई
मुग्लानी मुसलमानहरुले
धुलो चटाए पछि !
मनु-स्मृति च्यापेका ब्राह्मण
उभोतिर लागे
उभो खुब्बै फाप्यो !
किन कि…
त्यहाँ सोझो आदिवासीहरुको देश थियो ।
स-सम्मान शरण~आतिथ्य पायो ।
जसले शरण दियो,
दाउ पारेर, उसैको शिर छेदन गर्दै ! उसैको घर-देश हडप्यो !
द्रब्य शाहले एउटा सुख्खा डाँडालाई, राज्य बनायो !
पर्वतको धुर्तहरु, गोरखातिर थुप्रियो !
शाह माटोले लिपेको शिहांशनमा बस्यो !
शाहको थाप्लोमाथी,
अर्याल पण्डितहरु बसेर, वरिपरी कसरी हडप्ने दाउ
दिनरात कन्न्नि~कन्न्नि जाल बुन्नु थाल्यो !
लिगलिग-कोटको उकालो दौडमा, घलेहरुको मुन्टो छिनालेपछि
घलेहरुलाई लखेट्यो !
रसुवा ज्यान जोगाउनु पुगेको घलेहरु, तामाङ बनियो !
नाथे, जाबो गाईको गोबरले लिपेको, माटोको राज शिहांशनलाई हेर्दै
नर भुपाल शाह !
नेपाल खाल्डोको मल्ल-चाँदी शिहांशन कल्पेर
तिन माना र्याल काडथ्यो रे !
आफ्नो मालिकको लोभलाई मलजल गर्नु
गोर्खाली पण्डितहरुले, एउटा अर्को गायत्री मन्त्रणाको अविस्कार गर्यो।
´मनकामना देवीले, पृथिवी नारायणलाई जुठो दहि खुवाएको त्रास फैल्यायो ! ´
नर भुपाल शाहले, छोरा पृथिवी नारायनेलाई
भक्तपुर् दरबारमा जासुसी-पाहुना बनाएर, राजकुमारीहरुसंगै दोहोरि खेल्दै, पाँच बर्ष बसाल्नु सफल भयो !
जब सप्पै-सप्पै मल्लहरुको ह्याकुला छामेपछि, पृथिवी नारायने गोरखा फर्किए लगत्तै,
गोर्खाली दरबारमा,
“म बाहुन र हिन्दु धर्मको रक्षक हुनेछु !” भन्ने प्रतिज्ञा गर्दै
नुवाकोट हान्यो !
अनि ,..
क्रितिपुर ह्माला गर्दा, झन्डै आफु पनि सुईकियो !
” आच्च्या ! राजा मारे ! महा-पाप लाग्छ ” भन्ने बाहुन-मन्त्रणा त्रासले, तेस्लाई नयाँ जीवन बरदान दियो !!!
तर ,… तिन चोटी हमला गर्दापनि, क्यै नलागेपछि
आफ्नो भाई र कालु पाण्डेहरुलाई, मराई पठायो !
अनि ,… त्यहाँ मिलापको षड्यन्त्र रिचियो !
आफ्नो बनि-खाने, सोझो क्रितिपुरे नेवारहरु
मिलाप सुनेर, मख्ख पर्यो ! भोजको आयोजना गर्यो !
त्यहि भोजमा ,…………………………… झुक्क्याएर !!!
दुधे बालकदेखि, बुढा सारा क्रितिपुरे नेवारहरुको 16 धार्नी नाक-कान काट्दै
आफ्नो भाई र कालु पाण्डे मारिएको बदला लियो !
ईन्द्रजात्राको दिन, काठमान्डू सजिलै हान्यो !
ललितपुर पनि सजिलै लियो !
हो..त्यै बेला ! बि स 1770 मा काठमान्डूको 2,500 नेवारहरुलाई
जो अलिकति खाई-लाग्दो देखिन्थ्यो कि ,……
दुलोबाट निकाली-निकाली घोचेर मार्यो !
भक्तपुरे मल्ल राजा, जसकोमा पाँच बर्ष पढ्नु बसेको पृथिवी नारायनेले
उसैलाई आँखा उधिनेर, काँसीतिर भिख माग्नु पठायो !
खम्बुवानको किरातीहरुसंग, दुई बर्ष भिडन्त हुदाँको युद अत्यचार
बयान गरेर साध्यै छैन !
एत्ति ,………… मात्रै लेख्छु !
भर्खरै जन्मिएको, दुधे किराती बालकलाई
ओखलीमा हाली किच्च्ची मारेको जिउँदो ईतिहास हाम्रो मस्तिष्कमा रोपिएर बाँचेकोछ।
काँङसोरेलाई कसरी छलकपट गरि मारियो ?
त्यो हाम्रो नशा-नशामा छ !
त्यसैले भन्छौं हामी,
पृथिवी नारायने राष्ट्र निर्माता होइनन
उनी त ऐतिहासिक पाखण्डी महायुद्ध अपराधी हुन !!! ”
– चाप्चा राई, जर्मनी।
यलम्वर सवंत ३७९३
————————————————————————————-
लुकाइएको नेपाली इतिहास (प्रा.डा. एच.जी.बेहर जर्मनी)
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ | तर वास्तविक इतिहास लुकाइएको छ | यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ | पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु | वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् | त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु |
सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे | उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो | नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चांदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए | उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले |
शक्तिशाली रजौटासित बिहे गरि सम्बन्ध बनाउने र कम्जोर रजौटालाई कज्याउने राजनीति पछ्याउदै सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देस्य लिएर उनले धेरै पल्ट बिहे गरे | तर उनि सफल भएनन् | अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे | सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाइ भक्तपुरको राजासित बस्न पठाए |
त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए |तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो | छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो |
(अन्य स्रोत बात जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताब काठमाडौँ र पाटन को राजालाई पनि पठाएका थिए | तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए | न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे | काठमाडौँ र पाटनको राजाहरुको एस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे | तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमंत्रना दिइ शिक्षा दिक्षा दिन स्विकार गरे |
(फेरी मूल पुस्तक बाटै):
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउदै बालक पृथ्वी नारायण शाहलाई दरबारमा पाहुनाको रुपमा स्वीकारे | उनलाई दरवारको सबै कुना कुना देखाए | उनका राजकुमार राजकुमारीहरुलाइ पृथ्वी नारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे | धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृस्ट शिक्षा दिक्षा दिएर राखे | यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन |
पृथ्वी नारायण शाह स्मरण शक्तिमा तेज थिए | एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सने | उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए | पाँच वर्ष पछी उनि आफ्नो गृह नगर गोरखा फर्किए | उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए | मल्ल खानदान भित्रका कलहलाइ नजीकबाट नियालेका थिए | के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा इर्श्या गर्छन, के कुरामा रीस गर्छन, ती सबै कुरो बुझेका थिए | त्यस्तै गरि कति सेना छन्, कति हतियार छन् र सामरीक महत्वका ठाउँहरु कता कता छन त्यो जानकारी पनि बटुलेका थिए |
फर्केर गएपछि पृथ्वी नारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए | काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले | तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे |
त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे | गोरखाली आक्रमण संधैजसो मनसुन सिजन पश्चात हुन्थ्यो | मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो | त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ | तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न | यस्तो लुटमार गर्ने उद्देस्स्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो |
तत्पश्चात पृथ्वी नारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए | अन्त्यहीन जस्तो बार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए | त्यो भन्दा पनि एस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तररास्ट्रिय बन्दब्यापार (तिब्बत भारत तिरको ब्यापार)लाइ नोक्सान पुगी राखेको थियो | मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए |
तर पृथ्वी नारायणको प्रस्ताव बास्तवमा एउटा चलाखी मात्र थियो | उनले वास्तविक शान्ति चाहेका थिएनन | जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले | साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए | मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए | लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्लराजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुदै थियो भन्ने सोचेर चकित परेका थिए |
गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो | तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ | यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ | इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ |
मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ | जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नु पर्ने सम्झौता भएको थियो | यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत र चीन बीच नेपाल भै ब्यापार चलेको थियो |
भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउदै थिए | बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो | त्यसैले बेलायतिहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे |
लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वी नारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नु पर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायति सैन्य सल्लाहकार प्राप्त गरे | सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले किर्तिपुर कठिन युद्द गरि जिते | कीर्तिपुरले अदम्य शाहस देखाउदा देखाउदा पानी उच्चस्तरीय हतियार सामु टिक्न सकेनन | त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए |
हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे | आजसम्म पानी त्यो ठाउ “नाक नभएको मान्छेको गाँउ” भनेर परिचित छ | यो घटना घटिसकेपछी बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए |
जय प्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए | उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे | इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए | यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए |
क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जव काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाइमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे | गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे | यो घटना “म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर” भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ | यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे |
बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले | एक जोतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए | राज्य बचाउने आशमा सम्बत १७६८मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्र जात्रा धुमधाम मनाए | त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए |
जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् | जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन | रथमा सवार जयप्रकाश रथबाटै हाम फाले | उनका दुइ श्रीमती पनि उनकै पछी पछी लागे र पाटन तिर सकुशल भागे |
अशान्त भीडका बीचबाट पृथ्वी नारायण शाह अगाडी बढे र चिच्चाए – “म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु” |
मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए | हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए | कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए | निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन |
त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे | ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन | त्यहाबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए | भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो | तत्पश्चात बेलायति सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो |
तीन बर्षको नाकाबन्दी पछी भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो | अभाव सितै त्यहाँ दर्बार भित्र बेचैनी पनि बढ्दै थियो | त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने धोकाको चुकुल खोलिदिए | गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके | जय प्रकाश मल्लले आत्म हत्या गरे | उनि प्रति उदारता देखाउदै पृथ्वी नारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यबस्था मिलाई दिए |
भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाइ पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे | उनि मारिएनन तर उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो | ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वी नारायण शाह सित कुनै शब्द बोल्न चाहदैन थिए र मौन मात्रै बसी रहे | तेज नरसिंगलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो – त्यहाँ सानो प्वाल थियो, जहा बाट दिनको एक कटौरा भात छिराउथ्यो | केहि दिन पछी त्यो कतौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इटाले छोपी टालियो |
पृथ्वी नारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे | उनले पृथ्वी नारायणलाई भनेका थिए – “नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन | त्यसैले तिनीहरु एकदम खतरनाक छन् | तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरि आतंक फैलाउन सक्नु पर्छ | उनीहरुलाई अबको कयौं शताब्दि सम्म पनि शासन सत्तामा आउन दिनु हुदैन | शासन सत्तामा कब्जा जमाउने बिचार श्रीजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ | यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ |”
तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो | नया निर्माण कार्य गर्न रोक लगाइयो | भत्केको घर मन्दीर पुनर्निर्माण गर्न पनि रोक लगाइयो | व्यापार ब्यबसायमा नियन्त्रण गरियो | सम्बत १७६७को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन | स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो | सम्बत १७७० मा मात्रै पनि २५०० नेवारहरु संजायको नाममा मारियो | यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले | दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो | तेस्रो पुस्ताका नेवार सम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाकि रहेनन् र ती कुराहरु बिर्सन थाले |
पृथ्वी नारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो | श्रीजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो | तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेता पनि ती शहरहरुको जीवन्तता फेरी कहिलेइ फर्किएन |
बेलायतीहरुको हिंश्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे | सम्बत १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे | यसको असर समग्र मध्य एशियामा पर्यो | पृथ्वी नारायणलाइ हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो |
यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो | फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो | यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीन सम्म पनि बिस्तृत भएको थियो |
पछिल्लो समयमा बेलायतिहरु गोरखा सित खुशी रहेनन् | गोरखाले रगतको स्वाद चाखी सकेको थियो र जीतको उन्माद तिब्र थियो | उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए | त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले | त्यस्तै आफुले जितेका क्षेत्रलाइ “निषेधित इलाका” मा परिणत गर्दै गए | उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन | तर सम्बत १७८९ मा उनीहरु युद्दउन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउहरुमा समेत हमला गर्न थाले |
बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् – “हामीले गोर्खाली सेनालाइ कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस |”
लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् – “नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा |”
यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो | गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाइ दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो |
गोर्खाली जवानहरु देश छोडदै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलात्मक रुपमा शान्ति देखिन थालियो | तर दरबार भित्र भने शान्ति आएन | शाहहरु एक आपसमा भिड्न थाले | उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए | तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए |
यस्तै घटनाक्रम संगै कोट पर्व भयो | यस पछाडी जंग बहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए |
—- यस्पछादी के भयो आफै किताब खोजेर पढ्नु होला |
Nepal: Geschenk der Götter (Nepal Gifts of the Gods), by Hans-Georg Behr
*** यो लेख ज्वजलपा सकासिता ‘पास्सा’ को ‘नोट्स’बाट साभार |

