ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न
सन २०१३ जनवरि ६ तारिखको दिन ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न भयो। 
याख्खा समुदायको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा रमाईलो र रोचकका साथ कार्यक्रमको शुरुवात भएको यो तंङ्नामलाई औपचारिकका साथ प्रमुख अथितीमा उषा लिम्बु, सभापतिमा बिष्णु कुमार लिम्बुको आशन ग्रहण बाट सुरुवात गरिएको थियो। दोस्रो चरणको कार्यक्रम च्याब्रुङ नाच बाट शुरु भएको थियो भने तेस्रो चरणको कार्यक्रम भने ब्रुनाईमा वा प्रदेशमा बसेर पनि आफ्नो मौलिक सँस्कार, तीलाई बचाउनको लागि भिभिन्न कार्यक्रममा च्याब्रुङ् बनाउने कार्य, धाँन नाच, च्याब्रुङ नाच साथै भान्जाभन्जीहरुले लिम्बुगीतमा नृत्यकला देखाएर भोलिका पिँडिलाई देखाउनु भएकोले आभार र धन्यवाद पत्र दिईएको थियो भने नेपाल लगायत ब्रुनीईमा बसेर पनि आफ्नो सस्कार सस्कृतीलाई जिवित नै राख्न लागि पर्नुहुने, क्रमश उषा लिम्बु र गोपिलाल लिम्बुलाई प्रसंसा पत्र र सम्मान पत्र सभापति बिष्णु कुमार लिम्बु र उपस्थित मध्येका एक बृद्दा आमाको हातबाट प्रदान गरिएको थियो। कार्यक्रमको बिचमा गोपीलाल ज्युले कक्फेक्वा तंनाम भनेको के हो कसरी सुरु भयो, र के को आधारमा मनाईन्छ भनेर प्रस्त्याउनु भएको थियो भने यख्खाछुमा को तर्फ बाट सवलसिंङ् जिमि ज्युले कक्फेक्वा तंङ्नामको ईतिहासको बरेमा केहि बोल्नु भएको थियो। यस कार्यक्रमलाई शन्त आङ्देम्बेले चलाउनु भएको थियो र कार्यक्रमको बिर्सर्जन सभापति ले बिसर्जन गर्नु भएको थियो।
– सुरेन्द्र ईङ्नाम
ब्रुनाई

