फिदिम गाविसका गुरुङ, लिम्बु, राई र गुरागाईलाई गोरु काटेको आरोपमा पक्राउ
पाँचथर जिल्ला फिदिम गाविसका गुरुङ, लिम्बु, राई र गुरागाईलाई गोरु काटेको आरोपमा पुस २६ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
मिति– २०६९।०९।२९
प्रेस विज्ञप्ति
२०६२÷०६३को ऐतिहसिक जनआन्दोनपछि नेपाली जनताको भावना अनुरुप नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भएको हो । नेपाललाई कुनै एक धर्मावलम्बीको मात्र राष्ट्र भन्दा पनि सबै धर्म समुदायको साझा भूमिको रुपमा विकास गराउने पवित्र उदेश्यले भएको धर्मनिरपेक्षको घोषणा अझै पनि कार्यान्वयन हुन नसक्नु भने निकै दुखद् एवं खेदजनक कुरा भएको छ ।
तत्कालीन हिन्दुराष्ट्र कायम भएको बेला बनाएको कानून अनुसार गोरु काट्ने र मासु खानेलाई गौहत्याको सजाय हुने व्यवस्था थियो । धर्मनिरपेक्ष राष्ट्र घोषणासंगै यो कानूनी मान्यता खारेज भएपनि गैरहिन्दु नागरिकहरुलाई सोही कानून अनुसार जेलनेलको कारबाही हुने क्रम जारी छ । यसक्रममा पछिल्लो निसाना बनेका छन् पाँचथरका ६ जना गैरहिन्दु नागरिकहरु ।
पाँचथर जिल्ला फिदिम गाविसका दलबहदुर गुरुङ, दिपक आङबो लिम्बु, सुरेश नेम्बाङ, बिनोद नेम्बाङ, शुभचन्द्र राई र रमेश गुरागाईलाई गोरु काटेको आरोपमा यही पुस २६ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । निर्दोष नागरिकहरुलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउदै तत्काल सबैलाई रिहाई गर्न महासंघ अनुरोध गर्दछ । धर्म निरपेक्ष राष्ट्र पनि घोषणा गर्ने र हिन्दु राष्ट्रकै कानून अनुरुप नागरिकलाई जेलनेलको सजाय गर्ने राज्यको द्वत चरित्रप्रति महासंघको गम्भीर भएको छ । गोरु काट्ने र मासु खाने बारेमा यसअघि भएका अन्य घटनाहरुमा नै जनजाति महासंघले आफ्नो धारणा स्पष्ट पारिसकेपछि पनि राज्य गम्भीर नबन्नु आपत्तिपूर्ण छ । शान्तिपूर्ण ढंगाबाट गरेको आग्रहलाई बेवास्था गर्ने राज्यको शैलीको भत्सर्ना गर्दै पाँचथर लगायत देशभरकै गोरु काटेको आरोपमा पक्राउ परेका जेला रहेका निर्दोष नागरिकलाई तत्काल रिहाइ गर्न पुनः स्मरण गर्दै अन्यथा महासंघ कडा आन्दोलन गर्न बाध्य हुने र त्यसको जिम्मेवारी हिन्दुवादी राज्य सरकारले लिनुपर्ने जानकारी गराउदछौं ।
आङकाजी शेर्पा
महासचिव
