लिम्बुवानको आन्दोलन कतातिर ?
सशस्त्र कि शान्तिपूर्ण !
– चन्द्रगोपाल चेम्जोङ

ठूलो आर्मी ब्याग पछाडि भिरेका, दुई साइडमा दुईवटा झण्डा ठड्याएका, सामान्य खाजा पानीको व्यवस्था र राति सुत्नलाई ओड्ने, ओछ्याउने कपडा त्यसैभित्र बोकेर लामवद्व युवाहरू लिम्बुवानको नारा घन्काउदै सडक र जङ्गल मार्चपासमा हिँड्ने गरेकाछन् । झट्ट देख्दा सैन्य टुकडीजस्तो देखिएता पनि बुढापाका र महिलाहरूको उल्लेख्य सहभागिताले यो मार्चपास सामन्य नै लाग्छ । निरन्तर १४, १५ घण्टा हिँडेर गन्तव्य छिचोल्न लाग्दासम्म पनि उनीहरूमा बाहिरी थकान, भोक र तिर्खा देखिँदैन । बरु, जोस, जाँगर र उर्जा सलबलाएको देखिन्छ ।
————

राज्यको पुनर्संरचना गरिँदा लिम्बुवान राज्यको स्थापना भएन भने के लिम्बुवान सशस्त्र युद्घ गर्ने तयारीमा छ ?
———
लिम्बुवानले गर्दै आइरहेको मार्चपास सशस्त्र युद्घको तयारी नै हो त ?
——-
संघीय लिम्बुवान राज्य परिषदले गर्दै आइरहेको सडक मार्चपासदेखि जङ्गल मार्चपाससम्मको कार्यक्रहरूको विस्तार हतियार मार्चपाससम्म पुग्दैन होला र ?
———-
सडकहरूमा गर्ने गरिएको मार्चपासमा सहभागी एल. भी.का टुकडीहरू सशस्त्र युद्वकालीन टुकडी नबन्ला र ?
———-
लिम्बुवान स्वायत्त राज्य स्वीकार हुन्छ भने नेपाललाई स्वीकार गर्ने, होइन भने अन्तिम लडार्इं लड्ने ।
———-
पहिचानमा आधारित राज्यको पनःसंरचना भएन भने यत्रो कार्यक्रम गर्ने लिम्बुवानले त्यसै सम्झौता गर्लान ?

————————

लिम्बुवान, माघ २०६८ । पूर्वी नेपालको लिम्बुवानमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर २१ र २२ मा मोरङको उर्लाबारीदेखि सुनसरीको इटहरीसम्म हजारौं संख्यामा उपस्थित भएर दुईदिने मार्चपास सम्पन्न ग¥यो ।

सैन्य कवचको शैलीमा गरिएको पछिल्लो यो मार्चपास लिम्बुवानको पाचौं पटक हो । यी सबै मार्चपासहरूको नेतृत्व परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले गर्ने गरेकाछन् । यसअघि पनि सडक र जङ्गलमा गरी चारपटक लामो दुरीको मार्चपास सम्पन्न गरेर छुट्टै ढङ्गको राजनीतिक क्रियाकलापको अनुभूत लिम्बुवानले गराएको छ । मोरङको जोगवनीदेखि सुनसरीको धरान बुढासुब्बा खण्ड, झापाको काँकडभिट्टादेखि दमक खण्ड र सुनसरीको चतरादेखि धनकुटाहुँदै सङ्खुवासभाको सभाया खोला खण्ड गरेर पटकपटकमा मार्चपासको कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ । ‘‘संघीयता विरोधी र एकात्मकवादीहरूलाई घेरौं’’ भन्ने नाराको साथ काठमाडौंको रिङरोडलाई पनि लिम्बुवानी जनताले मार्चपासको तारो बनाउन भ्याइसकेका छन् ।

ठूलो आर्मी ब्याग पछाडि भिरेका, दुई साइडमा दुईवटा झण्डा ठड्याएका, सामान्य खाजा पानीको व्यवस्था र राति सुत्नलाई ओड्ने, ओछ्याउने कपडा त्यसैभित्र बोकेर लामवद्व युवाहरू लिम्बुवानको नारा घन्काउदै सडक र जङ्गल मार्चपासमा हिँड्ने गरेकाछन् । झट्ट देख्दा सैन्य टुकडीजस्तो देखिएता पनि बुढापाका र महिलाहरूको उल्लेख्य सहभागिताले यो मार्चपास सामन्य नै लाग्छ । निरन्तर १४, १५ घण्टा हिँडेर गन्तव्य छिचोल्न लाग्दासम्म पनि उनीहरूमा बाहिरी थकान, भोक र तिर्खा देखिँदैन । बरु, जोस, जाँगर र उर्जा सलबलाएको देखिन्छ ।

कतिपयले भन्ने गरेका छन्– यो मार्चपासको उद्देश्य अर्कै छ । मार्चपास प्रारम्भिक चरणको सैन्य अभ्यास नै हो । कतिपयको यो शङ्का गरिएको वाक्यमा सत्यता पनि देखिन्छ । मञ्च सम्बद्व परिषदले युवा दस्ता लिम्बुवान भोल्युण्टियर्स (एल.भी.) को गठन गरेको छ । एल.भी. लिम्बुवानको राजनीतिमा अत्यन्तै शक्तिशाली र सक्रिय छ, जुन अन्य पार्टीमा भन्दा फरक ढङ्गले निर्माण गरेको छ र गोप्य ढङ्गले परिचालन गर्दै आइरहेको छ । यसको आर. एल. भी. र जि. एल. भी. नामका दुईवटा दस्ताहरू छन् । यसका प्रमुखहरूलाई सुप्रिम कमाण्डर, कमाण्डर, फिल्ड कमाण्डर, एरिया कमाण्डर स्ता सैन्य प्रकृतिका नामहरूले चिन्ने गर्दछन् । एल. भी. का कतिपय विषयमा परिषदका केन्द्रीय सदस्यहरू पनि जानकार हुँदैनन् । एल. भी. को सुप्रिम कमाण्डर परिषदको अध्यक्ष हुने व्यावस्था छ । यो दस्ता अध्यक्षमार्फत गोप्य ढङ्गले परिचालन हुँदै आइरहेको छ ।

राज्यको पुनर्संरचना गरिँदा लिम्बुवान राज्यको स्थापना भएन भने के लिम्बुवान सशस्त्र युद्घ गर्ने तयारीमा छ ? लिम्बुवानले गर्दै आइरहेको मार्चपास सशस्त्र युद्घको तयारी नै हो त ? यो जिज्ञासा पक्कै पनि महत्वपूर्ण छ । एल. भी. का तत्कालीन राजनीतिक कमिश्नर प्रेमदीप थाम्सुहाङले काठमाडौंको रिङरोड मार्चपास सम्पन्न गर्ने क्रम्मा सातदोबाटोमा कोण सभालाई सम्बोधन गर्दै भनेका थिए– ‘‘एकात्मक सत्ताका प्रहरी र सेनाको जस्तै एल. भी. हरूको पनि टुकडी र तालिम छ । लड्न तयार छौं । ’’ थाम्सुहाङको भनाइ र एल. भी. हरूका गराईमा केही हदसम्म सत्यता पनि छ । एल. भी. जवानहरू केन्द्रीय कमाण्ड र कमाण्डरहरूप्रति अनुशासित ढङ्गले प्रस्तुत हुन्छन् । कार्यालयमा मेसमा खाना खान्छन् ।

लिम्बुवानको नौवटै जिल्लामा एल. भी. जवानहरू परिचालित छन् । परिषदको केन्द्रीय कार्यालयमा रोटेशनको आधारमा एल. भी. जवानहरू सुरक्षार्थ खट्ने गर्दछन् । कार्यक्रममा जाँदा आउँदा एल. भी.हरूले आफ्ना सुप्रिम कमाण्डर ‘मिराक’लाई कडा सुरक्षा घेरामा लाने–ल्याउने गर्ने गरेका छन् । एल. भी.हरूको यो प्रवृत्ति सैन्यउन्मुख छ । एल. भी. का कमाण्डर फक्ताङलुङका अनुसार लिम्बुवानको नौवटै जिल्लामा गोप्य तवरमा दशौंहजार एल. भी. हरू परिचालित छन् । एल. भी. को सङ्ख्या पचासौं हजार पु¥याउने योजना भएको उनी बताउँछन् ।

त्यसो त परिषदको निगरानीमा एल. भी. ले न्यायलय पनि सञ्चालन गर्दै आइरहेका छ । दमकको केन्द्रीय कार्यालयमा कुनै दिन छैन, लिम्बुवानले बहस पैरवी नगरेको । सयौं मानिसहरूले न्यायको लागि केन्द्रीय कार्यालयमा निवेदन हालेका छन् । निवेदनको ठूलो थाक आफुसँग भएको बताउँछन्– एल. भी. का केन्द्रीय कार्यालय इन्चार्ज मेरिङ योङहाङ । मोरङ पथरी निवासी राजकुमार लिम्बूले पनि लिम्बुवानको केन्द्रीय कार्यालयमा बुबासँगको अंशबण्डाको विषयलाई लिएर निवेदन हालेका छन् । लिम्बुवानमै निवेदन किन हालेको भनेर प्रश्न गर्दा, उनी भन्छन्– ‘‘हाम्रोतिर भरपर्दो र लिम्बुवानले गरेको निर्णय यहाँका जनताले मान्ने भएको हुनाले मैले पनि निवेदन हालेको हुँ । पालो पर्खिरहेको छु ।’’ त्यसो त लिम्बुवानले ०६४ र ६५ सालतिर आफ्नै सरकारको अभ्यास गर्ने नीतिअन्तर्गत दर्जन बढी ढाट राखेर कर असुली गर्ने गरेको थियो । पछि एकचरण पूरा भएपछि ढाट हटाउने निर्णय ग¥यो । पान्थरका तत्कालीन प्रमुख जिल्ला अधिकारी जिल्लाका गाउँका जङ्गलहरूमा मञ्च सम्बद्व लिम्बुवानको एल. भी. को विशेष तालिम भइरहेको सुराकी पाएपछि आफै त्यो स्थान पुग्ने गरेको विशेष सुत्रले बताएको छ । कार्यक्रमहरूमा एल. भी. का खेलाडीहरूले तरवार, लौरो, हात, खुट्टाको खास प्रदर्शन कलात्मक ढङ्गले गर्ने गरेका छन् । यही प्रदर्शनको लागि हो भने जङ्गलको बीचमा तालिम गरिरहनुपर्ने जरुरी देखिन्न ।

त्यसो त, पञ्यायतकालीन डरलाग्दो राजनीतिक सेरोफेरोमा पनि लिम्बुवानजन्य राजनीतिक संगठनले आफ्नो क्रियाकलाप बढाएको थियो । वीर नेम्बाङको नेतृत्वमा लिम्बुवान मुतिm मोर्चाले लिम्बुवान राज्यको लागि पञ्चायती समयदेखि नै आइरहेको छ । आजसम्ममा, लिम्बुवान जन्य राजनीतिक सङ्गठनहरू आधा दर्जनभन्दा बढी भइसकेका छन् । तीमध्ये स्वतन्त्र लिम्बुवान देशको माग गर्ने संगठन पनि छन् भने स्वायत लिम्बुवानको माग गर्दै सशस्त्र युद्घ सुरुगरेका सङ्गठन लिम्बुवान स्टेट फोर्स पनि छ । लिम्बुवान स्टेट फोर्सले पूर्वमा थुप्रै ठाउँमा बम पड्काउने गा. वि. स. कार्यलयहरूलाई ध्वस्त गर्नेदेखि लिएर इलाम र पान्थरको सिमावर्ती क्षेत्र पञ्चमीमा चौकी कब्जा गरी हतियार लुटेर लग्नेसम्मको क्रियाकलाप गर्दै आइरहेको छ । फोर्सको सैन्य कमाण्डार खाम्बेक्सा झापामा पक्राउ परेपछि आक्रामक शैलीको क्रियाकलाप बन्द भएपनि शालीनको नामबाट प्रेस रिलिज गरेर सशस्त्र आन्दोनल जारी रहेको बताउँदै आइरहेको छ ।

नेपाललाई छिमेकी मुलुक भनेर सम्बोधन गर्ने पल्लो किरात लिम्बुवानलाई नेपाल सरकारले निषेध गरेपनि बेलावखत विरोधको झण्डाहरू गाड्ने, प्रचार—प्रसार पम्पलेट टाल्ने गर्ने गरेकाछन् । लिम्बुवानजन्य यी सङ्गठनहरूको राजनीतिक क्रियाकलापहरूलाई सूक्ष्म ढङ्गले अध्ययन गर्दा पूर्वका नौवटा जिल्लाहरूमा सशस्त्र आन्दोलनको गन्ध आइरहेको छ । कथम्कदाचित, नेपालमा स्वायत्त राज्यको मागलाई लिएर सशस्त्र युद्वको शुरुवात हुन्छ भने सजिल्ै ढङ्गले अडकलवाजी गर्न सकिने प्रशस्तै ठाँउ छ कि शुरुहुन्छ– लिम्बुवानमा । मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदले गर्दै आइरहेको सडक मार्चपासदेखि जङ्गल मार्चपाससम्मको कार्यक्रहरूको विस्तार हतियार मार्चपाससम्म पुग्दैन होला र ? सडकहरूमा गर्ने गरिएको मार्चपासमा सहभागी एल. भी.का टुकडीहरू सशस्त्र युद्वकालीन टुकडी नबन्ला र ? लिम्बुवानका दोस्रो श्रेणीका नेताहरूले जतिसुकै डरलाग्दा क्रान्तिकारी भाषण गर्ने गरेता पनि अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले भन्ने गरेका छन्– ‘‘हजारौ वर्षसम्म लिम्बुवानको शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।’’ उहाँको भाषणको यो अंशलाई हेर्ने हो भने उहाँको नेतृत्वमा सशस्त्र युद्व लिम्बुवानमा हुँदैन । शान्तिपूर्ण राजनीतिमा मञ्च सम्बद्व लिम्बुवानको आस्था छ भन्ने बुझिन्छ । मिराकले कार्यकर्ताहरूसँग दोहो¥याइरहने वाक्य हो– ‘‘शान्तिपूर्ण तर सशक्त कार्यक्रम ।’’ लिम्बुवानले गर्ने गरेको सडक र जङ्गल मार्चपास कार्यक्रमहरू, त्यही सशक्त शान्तिपूर्ण कार्यक्रम अन्तर्गत हुनसक्छ ।

त्रि. वि. का समाजशास्त्री प्रा. डम्बर चेम्जोङको हेराइमा मञ्च सम्बद्व लिम्बुवान अन्य सङ्गठनहरूभन्दा फरक छ । उहाँ भन्नुहुन्छ– ‘‘लिम्बुवानको कार्यक्रमहरू, योजनाहरू र सम्पन्न गर्ने हरेक शैलीहरू आदिवासीवादी छ ।’’ प्रा. चेम्जोङलाई छुट्टै ढङ्गको अनुभूति भएजस्तै पूर्वका जनताहरूलाई पनि फरक शैलीको अनुभूति भएर पनि होला, प्रायले भन्ने गरेका छन्– के गर्न लाग्यो लिम्बुवानले ? पहिचानमा आधारित राज्यको पनःसंरचना भएन भने यत्रो कार्यक्रम गर्ने लिम्बुवानले त्यसै सम्झौता गर्लान र ? पूर्वका जानकारहरू प्रश्न गर्छन् । लिम्बुवानमा युवा सहभागिता तीब्र भएको हुनाले विभिन्न किसिमले राजनीतिक शङ्का, उपशङका गर्न मिल्ने आधारहरू छन् । राजनीतिमा असम्भव भन्ने केही हुँदैन । शान्तिपूर्ण भनिएको लिम्बुवानको आन्दोलन ती युवा सहभागिताको बलमा सशस्त्र हुँदैन भन्न सकिन्न । यसो त सप्तकोशीपूर्वका नौवटा जिल्ला भूगोल र सामरिक हिसाबबाट अत्यन्तै संवेदनशील पनि छ । उत्तरमा चीन, पूर्व र दक्षिणमा भारत, भुटान र बङ्गलादेश छन् । भारतमा सशस्त्र हङ्गामा मच्चाइरहेका नक्शलवादी(माओवादी) को प्रभाव क्षेत्र पश्चिम बङ्गाल पनि लिम्बुवानसँग सिमानामा पर्ने हुनाले लिम्बुवान सशस्त्र हुनेतिर संवेदनशील छ ।

अस्तित्व र पहिचानका भोका आन्दोलनकारीहरूले माग्दै आइरहेको लिम्बुवान नेपालभन्दा बाहिर प्राप्त हुने सर्त र त्यो आधारको राजनीतिको विकास हुने संवेदनशीलता पनि छ । यी दुवै किसिमका जोखिम सम्भावनाहरू लिम्बुवानमा छ । किनभने यिनीहरूले नारामा भन्ने गरेका छन्– ‘‘लिम्बुवान छैन त नेपाल पनि छैन ।’’ शासकहरूसँगको सिँगौरी लम्बिने र मागप्रति शासकहरू गैरजिम्मेवार मात्र भैरहने हो भने लिम्बुवानको मनोविज्ञानमा परिवर्तन हुने सम्भावना पनि देखिन्छ । उनीहरूले तताइरहेको लिम्बुवान राज्यको माग गर्न थालेको आधा शताब्दी हुनलाग्यो । उनीहरूको राजनीतिक मनोविज्ञान भनेकै ‘‘लिम्बुवान स्वायत्त राज्य स्वीकार हुन्छ भने नेपाललाई स्वीकार गर्ने हो होइन भने अन्तिम लडार्इं लड्ने’’ भन्ने छ । पूर्वको वस्तुस्थितिलाई ख्याल गर्ने हो भने लिम्बुवानको नाममा भइरहेको राजनीति राष्ट्रियता, अखण्डता र संघीय गणातन्त्रको सन्दर्भमा बहुत संवेदनशील भएर गइरहेको छ ।