लाखौँ मानिसहरूलाई सडकमा उत्रन आह्वान
– माया एन्जेलु

रात अझ लम्बिँदै गइरहेको छ
अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन्
खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ
असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्

पर नीलो आकाश टुङ्गिने क्षितिजमा
कुनै साधारण मानिस पुग्न नसक्ने त्यो ठाउँमा
कुनै आत्मिक ज्ञानले मलाई बिस्तारै त्यहाँ पु¥यायो
जहाँ,
तिम्रा हातहरू बाँधिएका थिए, तिम्रा मुखहरू बन्द गरिएका थिए
तिमीले मेरो नाम पनि उच्चाहरण गर्न सक्दैनथ्यौ
तिमी बेसहरा थियौ र म पनि त्यस्तै थिएँ
र, दुर्भाग्यवस इतिहासको पानाभरि तिमीले
अपमानको बिल्ला लगाएर उभिनु परेको थियो ।

रात अझ लिम्बिँदै गइरहेको छ
अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन्
खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ
असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्

तर आज,
हाम्रा पुर्खाका हजारौं वर्ष पुराना आत्माहरूले
गहिरो शब्दमा हामीहरूलाई भनिरहेका छन्
सयौं महासागरहरू, सयौं समुन्द्रहरूलाई पार गर्दै
हाम्रा पुर्खाका पुराना आत्माहरूले भनिरहेका छन्–
‘‘एकापसमा नजिक आऊ
र, आफ्नो समुदायको रक्षा गर
हामी पुर्खाहरूले. विभिन्न समयमा त्याग गरेकाछौं
तिमी सन्ततीहरूको मुक्ति र स्वतन्त्रताको लागि
हामी पुर्खाहरूले पटक पटक वलिदान दिएका छौं’’

त्यसैले,हामी पुर्खाहरू भन्छौं–
‘‘जाग, एक आपसमा नजिक आऊ
र, आफ्नो समुदायको रक्षा गर’’

रात अझ लम्बिँदै गइरहेको छ
अन्यायको पीडाहरू झन दुख्दै गइरहेकोछ
खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ
असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन्

त्यो अन्याय र अत्याचारको नर्क
जहाँ हामी बस्नुप¥यो र अझै बसिरहेका छौं
त्यो पीडाले हाम्रो चेतना तिखारिएको छ
र, ईच्छाशक्ति अझ दृढ भएको छ
अर्कोतिर,
अन्यायको रात अझै लम्बिँदै गइरहेको छ
त्यसैले, आफ्नो पीडा र आक्रोशयुक्त आँखाले
आफ्नै आत्मालाई हेर
त्यहाँ मुक्तिको चाहना सलबलाइरहेकोे छ

र, मलाई थाहा छ–
एकापसको निकटटाले हामीमा ठूलो एकता ल्याउनेछ
र, जब म तिम्रो शरीर
र, तिम्रो इतिहासको उत्तार–चढावहरूलाई आँखा चिम्लेर हेर्छु
र, पाउँछु कि,
तिम्रो आँखा वरिपरि तिम्रो समुदाय र तिम्रो अस्तित्वप्रतिको
प्रेम नाचिरहेको हुन्छ
तिम्रो आँखामा तिम्रो समुदायप्रतिको प्रेम नाचिरहेको

त्यसैले, म जोडले भन्छु–
ताली बजाउँदै सबैजना यो बैठकहलमा आऊ
ताली बजाऊ र यो अपमानको बस्तीबाट मुक्र हुने प्रयास गर
एकसाथ ताली बजाऊ
एकापसमा अझ नजिक होऊ र आफ्नो मुटुलाई पुनः दह्रो बनाऊ
एकापसमा नजिक आऊ र आत्माभित्रको कमजोरीहरूलाई पुनः मूल्याङ्कन गर
एकापसमा अझ नजिक आऊ र आफ्नो आत्माहरू सफा गर
ताली बजाऊ र नयाँ यात्राको लागि तयारी होऊ
र, आफ्नो इतिहासमाथि अरुहरूद्वारा हुने अपमान
र, आफ्नोद्वारा हुने गद्दारी रोक
ताली बजाऊ,
र, नयाँ यात्राको लागि सानातिना ठाउँमा अल्झेका आत्माहरूलाई आह्वान गर
ताली बजाऊ, जोडले तालीबजाऊ
(एकतृत होऊ र लाखौं मासिहरू सडकमा उत्रेर कराऊ )
उत्साहपूर्ण आजाज निकालेर कराऊ र कराउँदै ताली बजाऊ
आफ्नो बोलीहरू मा उत्साह र जाँगर ल्याऊ
आफ्नो सुत्ने, खाने र कामगर्ने तरिकाहरूमा उत्साह र सुधार ल्याऊ

किनकि, पुर्खाहरूले हामीहरूलाई भनिरहेका छन्–
‘ुअहिले हाम्रो जीवन र हाम्रो इतिहासहरू पीडायुक्र भएपनि
हामी भनेको अघि बढिरहने समुदायहरू हौं
जो एकदिन अवशय पुनः व्यूँझनेछ
जो एकदिन अवशय पुनः व्यूँझनेछ
हामी एकदिन अवश्य व्यूँझनेछौं ।

(भावानुवाद: कुमार लिङदेन ‘मिराक’)

(अफ्रिकन–अमेरिकन माया एन्जेलु अप्रिल ४, १९२८ मा मिस्सोरी, अमेरिकामा जन्मिएकी हुन् । उनी कवयित्री, मानवअधिकारकर्मी, नृत्यकार, चलचित्र निर्मात्री, टेलिभिजन कार्यक्रम उत्पादक, नाटककार, चलचित्र निर्देशक, लेखिका, नायिका र प्राध्यापक हुन् । उनका ६ वटा जीवनी, ५ वटा निबन्ध र दर्जनौं कविता कृतिहरू प्रकाशित छन् । उनले दर्जनौं अवार्ड र ३० भन्दा धेरै सम्मानित डक्टरल डिग्रीहरू प्राप्त गरेकीछिन् । एन्जेलुका जीवनी तथा आत्मावृत्तान्तका सेरिजहरूले उनी चर्चितछिन् । जसमा उनको वाल्यकाल र प्रारम्भिक युवाकालको अनुभवहरू सङ्गालिएका छन् । एन्जेलुको पहिलो कृति ‘मलाई थाहा छ किन पिँजडाको चराले गीत गाउँछ’ (१९६९) ले उनको १७ वर्षसम्मको जीवनलाई बताउँछ । यसै कृतिले उनलाई प्रथमपटक अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको पनि हो । – स.)