बेलायतमा साकेला उभौली ५०७४ भब्यताका साथ सम्पन्न ।
किरात राई यायोक्खा महासघं बेलायतको आयोजनामा गत १७ मे २०१४ बेलायतको फ्रान्ब्रो नजिकैको ग्रिन पार्कमा साकेला उभौली (येलेदङ्ग ५०७४) भब्यताका साथ सम्पन्न भयो ।
उक्त कार्यक्रमलाई बेलायतका अध्यक्ष पदम राई तथा किरात राई यायोक्खा नेपालको प्रमुख अध्यक्ष यशोदा राई साथै यन आर यन युके उपाअध्यक्ष हिराधन राईको आतिथ्यमा आसिन रहेको थियो भने, किराँती धामी (नाक्छोङ) किताबसेर राईले सेतो फेटा टाउकोमा लगाई सेउलीको थानमा सुम्निमा–पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टाको उभौली पुजा गरि थान वरिपरी नाचेर कार्यक्रमको सुरुवात भएको थियो ।
साकेला नाच राजधानी काठमाण्डौ लगायत नेपालको पूर्बी जिल्लाहरु विशेष गरेर ईलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी, भोजपुर र खोटाङ, सोलुखुम्बु, उदयपुर,धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किरातीहरुका लागी बढी मात्रामा प्रचलित र लोकप्रिय रहेको छ । तेसैगरि अन्तर्राष्ट्रिय रुपमा किराँती बस्तीहरु भएका देशहरु भारत, सीक्किम,अमेरिका,बेलायत, हङ्गकङ्ग,जापान,कोरिया मलेशिया, कतार र ब्रुनाईमा समेत अहिले भव्यरुपमा साकेला मनाउने प्रचलन रहेको पाईन्छ । गाउका बूढापाकाहरु साथै केटा केटीहरु ढोल झयाम्टा निकाल भन्दै झन्डै १५ दिन सम्म मनाइने यो किरातीहरुको पर्व खासै रुपमा भन्ने हो भने खेतीपाती लगाउने समय भएकाले अन्नवाली वा उव्जनी बढोस आधीवेरी, असिना नहोस,अन्नबालीमा रोग नलागोस भनि सुम्निमा र पारुहाङ्ग सग शक्ती बल आर्शीवाद माग्ने चलन पनि चलिआएको पाईन्छ ।
उक्त कार्यक्रममा भोजपुर निवासी गायक किसन राई भन्नुहुन्छ किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो देवतालाई चढाउने र खानकालागि अनुमति माग्ने साथै पितृलाई स्मरण दिलाउने यो पर्ब अति नै महत्वपुर्ण ठहर गर्छन ।
बालबालीका,बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर,चराचुरुङ्गीहरुको नक्कल गदै साकेलानाच नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर (चमर ) जनावरहरुको नक्कल गर्न प्रयोग गरिन्छ, भनेर नाचमा सहभागी दोश्रो गोर्खा पल्टनका मेजर दिलकुमार राई ज्यू बताउनुहुन्छ, । साथै नाचमा सहभागी पुरुषहरुको पोशक, खाडीको दौरा सुरुवाल,कोट, ढाका टोपी, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी,मखमल वा ढाकाको चोलो, सेतो पटुकी लगाउने चलन चली आएको पाईन्छ । गरगहनामा ढुङग्री,मुन्द्री, बुलाकी,हारी, सिक्काको माला समेत लगाउने गर्दछन ।
उभौली र उधौलीको नामले बर्षमा दुई पटक किराँत समुदयले यो पर्ब मनाईने गरिन्छ । कुखुराको भाले, पोथी र सुगुर आदि जनावरको बलिदिने चलन छ । बाली लगाउने बेलामा भने उभौली पर्ब मनाउने प्रचलन छ । साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंङसिर पूर्णिमाको पुर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ। किरातहरुको मुन्धुमअनुसार १ बर्षलाई दुई भागमा लिईन्छ, (उभौली र उधौली) यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको हो। उभौली र उधौली किरात समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले साकेला भन्ने चलन छ ।
कार्यक्रमको बिचमा मेजर भुपजित राई, क्या. बद्री राई, ज्यु ले प्रवाशमा रहे पनि आफ्नो पन, संस्कृती र चाँडपर्वलाई मनाउदै हाम्रा भावि सन्ततिहरुलाई सिकाउदै लैजानु पर्छ भनेर आ–आफ्ना बिचार राख्नु भएको थियो ।
उक्त कार्यक्रमको अन्त्यमा किरात राई यायोक्खा महासघं बेलायतका अध्यक्ष पदम राईले आगामी सालमा किरात राई यायोक्खाले “माङ्गखिम” मुलघर अथवा देवताकोघर तयार गर्ने जमर्को गरेको घोषना गर्दै, समाजसेबी रिटायर्ड सार्जन मेजर ईन्द्रदेउ राई र वहाको श्रीमती विष्णु राईले सो माङ्गखिमको लागी ५००० (पाँच हजार पाउन्ड) सहयोग गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नुभएको थियो भने कार्यक्रमको उदघोषण किरात राई यायोक्खा बेलायतका सचिब चन्द्रवती राईले गर्नु भएको थियो ।
बैशाखै महिनामा, बसन्त ऋतु हरियाली छाएको
चरा र चुरुङ्गी थरिथरिका भाका, फेरेर नाचेका
किराँती बस्ती मिलेर आज, माङ्खीम आएका
पूर्णिमा देखि औसी सम्म साकेला नाचौला ।।।
रोशन मेवाहाङ्ग
फक्स्टन बेलायत ।