सहकारीको सैद्धान्तिक मान्यता र विचलन (शिशिर निङ्लेकू )

आधूनिक सहकारीको सुरुवात सन् १८४४ मा भएतापनि मानब सभ्यताको बिकासँगसँगै समुदायभित्रका सदस्यहररुबीच कामको बाँडफाँड र कतिपय कामहरु सामूहिकरुपमा सम्पन्न गर्नें सहकार्यंको प्रचलन आरम्भ भएको हो । विविध कारणले हुँदा खाने र हुने खानेबीचको खाडल बढ्दै गएपछि समुदायभित्र व्यक्तिगत पुँजी निर्माणाको क्रम्सुरु भई सहकार्यको संस्कृतिमा पनि प्रतिकूल असर पर्न थालेको हो । मानव सभ्यताको विकासँगै राज्यको जन्ताप्रतिको उतरदायित्व र भूमिका बढ्दै जाँदा आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न आर्थिक मोडेलहरुको प्रयोग भएको हो ।
यहीक्रम्मा आर्थिक विकासका लागि युरोपेली मुलुकहरुमा १९ औं शताब्दीमा सम्पन्न भएको औद्योगिक क्रान्तिले व्यतिmगत पुँजीको निर्माण तथा उत्पादनमा बल पु¥याएको भएपनि थुप्रै सामाजिक समस्याहरु सिर्जना ग¥यो । औधोगिक क्रान्तिले श्रमिक आन्दोलनलाई पूर्णरुपमा जन्म दियो । अत्यधिक यान्त्रिकीकरणका कारण बेरोजगारीहरुको सङ्ख्या बढ्न सुरुभयो भने मन्दीको समयमा लगानीकर्ताहरुले ज्यालामा व्यापक कटौती गर्नुको साथै सस्तो श्रमको लागि बालश्रम प्रयोग गर्ने प्रवृत्ति सामान्य बन्यो । यसबाहेक श्रमिकहरुले स्थापना गरेका पसलहरुबाट दैनिक उपभोग्य सामानहरु खरिद गर्नुपर्ने गरी कुपन दिने व्यवस्थाले श्रमिकहरुको जीवन थप कष्टकर बनेको थियो । यस पृष्ठभूमिमा श्रमिकहरु संगठित भई आफ्ना लागि उपभोग भण्डार ( साझा पसल ) को स्थापना गर्ने कामको सुरुवात गरे । जसको आधारमा सहकारीको विधि व्यवसाय गर्ने एउटा महत्वपूर्ण माध्यम बन्यो । अर्कोतर्फ कृषिमा मन्दी र ग्रामिण क्षेत्रमा साहूमहाजनको चर्को ब्याजसहित ऋणबाट किसानहरुको जीवन अति कष्टकर बनिरहेको थियो । यो समस्या नजिकैबाट नियालिरहेका केहीमध्ये जर्मनीका फ्रेडरिच विलहेल्म राईफाईजेनले ग्रामिण भेगमा क्रेडिट युनियनको माध्यमबाट किसानहरुलाई सहुलियतपुर्ण ऋण सुविधा उपलब्ध गराउन सकिन्छ र यस्तो ऋणको व्यवस्था भएपछि कृषि उत्पादन बढाउने काममा योगदान पुग्दछ भन्ने निष्कर्ष निकालेर वितिय सहकारीको स्थापनालाई प्रवद्र्वन गरेको इतिहासले पनि सहकारीको आधार अझ बलियो बनायो ।
सहकारी (Co-operative)  
सहकारी भन्नाले उपभोगकर्ताको स्वामित्व उपभोगकर्ताको नियन्तत्रण रहने ब्यावसाय हो । जसको उपभोगको आधारमा फाइदाहरु आफूबीच बाँडफाँड गर्दछन् । सहकारीको लागि सहकार्य मूलमन्त्र हो भने सहकारी व्यवसाय गर्ने माध्यम हो । सहकारी शब्द ल्याटिन भाषाको ‘अययउभचबतष्खभ’ बाट ‘अययउभचबतष्यल’ भनेको हो । यउको अर्थ सहयोग नै हो । यो शब्दलाई ‘साझा’ भनेर पनि बुझ्ने गरिन्छ । सहकारीको अर्थ सामूहिक वा संगै काम गर्नु पनि हो । अन्तर्राष्ट्रिय सहकारी महासंघले परिभाषित गरे अनुसार सामूहिक स्वामित्व प्रजातान्त्रिक पद्धतिवाट नियन्त्रित व्याक्तिहरुको स्वैच्छिक सहभागिताबाट गठित स्वायत्र संगठन, जस्ले उनीहरुको साझा आर्थिक, सामाजिक, साँस्कृतिक आवश्यकता तथा आकाङ्क्षाको परिपूर्ति गर्दछ, सहकारी भनिन्छ ।
सहकारीको उपरोक्त परिभाषा र विश्वमा गरिएको । सहकारीको अभ्यासबाट, सहकारीको विधिबाट आर्थिक क्षेत्रका सबै उद्योग व्यवशाय संगठित गरी सञ्चालन गर्न सकिन्छ भन्ने तथ्यलाई पुष्टी गरेको छ । दुई खालका सहकारी विश्वमा प्रचलित छन् । पहिलोमा सदस्यलाई सेवा र वस्तु आपूर्ति गर्ने र दोस्रोमा सदस्यहरुलाई रोजगारको अवसर सिर्जना गर्नको लागि स्थापना गरिएको सहकारी पर्दछन् । यसोहँुदा सहकारी अर्थव्यवस्थाको बहुआयमिक विषय हो । यसको उपयोग कृषि, बैंकिङ, बिमा, पर्यटन,विद्युत, स्वास्थ्य सेवा, थोक तथा खुद्रा पसल, मनोरन्जनसंग सम्बन्धित व्यवशायहरु, उद्योग, शिक्षाजस्ता सबै आर्थिक क्षेत्रमा सहकारी विधिको प्रयोग गरिन्छ ।
नेपालमा सहकारीको विकसक्रम र वर्तंमान अवस्था
नेपालमा सहकारीको प्रादुर्भाव अनौपचारिक रुपमा राणाकालीन अवस्थादेखिनै भएको पाइन्छ । हाम्रो समाजका केही वर्ग समुदाय विशेष, गुठी धर्मभकारी, मंडाखल, पर्म र ढिकुटीजस्तो प्रचलन रहेको देखिन्छ । यी समुदायको मूलभूत उद्योग व्यवसाय नभएता पनि सहयोगको समूहका सदस्यहरुलाई आफ्नो समस्या सामूहिक रुपले समाधान गर्न स्थापित भएको देखिन्छ ।
नेपालमा सहकारीको संस्थागत विकास २०१३ सालदेखि भएको पाइन्छ । वि. स. २०१० सालमा सहकारी विभागको स्थापना भएपछि विशेषतः राप्ती दुन उपत्यकाका (हालको चितवन र नवलपरासीको केही भागहरु) मा आएको बाढीपहिरोबाट विस्थापित भएका बासिन्दालाई सुुरक्षित स्थलमा बसोबास गर्न गराउनका लागि ऋण प्रदान गर्न संयुतm राज्य अमेरिकाको विकास सहयोग निकायको माध्यमबाट वित्तीय (ँष्लबलअष्ब)ि र प्राविधिक (त्भअजलष्अब)ि सहयोग प्रदान गरिएको थियो । यसै सिलसिलामा २०१३ सालमा चितवन जिल्लामा १३ वटा ऋण सहकारी संस्थाहरुको स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा सहकारी सम्बन्धी कानून हँदा यी संस्थाहरुलाई कानुनी रुप दिन कार्यकारी आदेश जारी गरियो । यसरी ‘बखान’ सहकारी संस्था नेपालको जेठोपाको संस्था को रुपमा दर्ता भएको देदिन्छ ।
वि.स. २०१६ सालमा पहिलो सहकारी संस्था ऐन् लागू भएपछि यी सबै संस्थापक यही ऐन् अन्तर्गत सञ्चालित भए । यस ऐन्को प्रारम्भ भएपछि नेपालको सहकारी विकासमा ठूलो टेवा पुग्नगयो । २०२१ सालमा पञ्चायत व्यवस्थाको प्रारम्भ भएपश्चात् २०१८ र २०२१ सम्मका विशेषतः २०३३ सालदेखि २०४१ सालसम्मका वर्षहरुमा सहकारी अभियानको विकासमा व्यापकता र तीब्रता आएको थियो । वि.सं. २०१८ सालमा स्व. श्री ५ महेन्द्रको प्रधान संरक्षणमा साझा अभियानलाई विस्तार गर्ने उद्देश्यले साझा केन्द्रको स्थापना भयो । त्यसपछि, साझा केन्दकै प्रवद्र्वनमा साझा यातायात २०१८ साझा प्रकाशन २०२१, साझा स्वास्थ्य सेवा २०२१ र साझा भण्डार २०२१ जस्ता गैरकृषि क्षेत्रका सहकारी संस्थापकको स्थापना भयो ।
२०२१ सालमा भूमिसुधार कार्यक्रम अन्र्तगत कृषि ऋण र कृषि सामग्री संस्थागतरुपमा बिक्री वितरण गर्न सहकारी संस्थालाई उपयुतm ठानियो र भूमिसुधार कार्यक्रम अन्तर्गत उठाएको रकमलाई सहकारी संस्थाको शेयरमा परिणत गर्ने कार्य २०२६ सालदेखि प्रारम्भ भयो । २०२६ सालमा सहकारी सुदृढीकरण कार्यक्रमको नाममा कृषि विकास बैंकको रेखदेख र व्यवस्थापनमा निदृष्ट रुपमा सहकारी संस्थाहरुको सञ्चालन प्रारम्भ भयो । २०४१ सालमा नयाँ साझा ऐन् लागू गरियो र सहकारी ऐन् २०१६ खारेज गरियो । साझा अभियानलार्ई सहकारीकरण गर्ने कार्यको थालनी साझा ऐन् २०४१ बाट पारम्भ भयो जुन दुर्भाग्यपूर्ण थियो ।

२०४६ सालको जनआन्दोलनपश्चात् २०४८ सालमा साझा केन्द्र लार्ई विघठन गरी राष्ट्रिय सहकारी बोर्डं तदर्थ समिति गठन गरियो र साझा केन्द्रको सम्पत्ति र दायित्व यसैमा सार्ने निर्णय गरियो । यसैसाल बोर्डले सहकारी ऐन्को मस्यौदा तयार ग¥यो र संसदबाट सहकारी ऐन् २०४८ पारित भयो । यसैगरी राष्ट्रिय सहकारी विकास बोर्ड ऐन् २०४९ र सहकारी नियमावली २०४९ लागू भयो । सहकारी ऐन् २०४८ लागू भएपश्चात स्वस्फुर्त रुपमा सहकारी स्थापना हुने लहर नै चल्यो । प्रारम्भिक अवस्थामा सहकारी मुख्य मान्यता र सिद्धान्त अनुसार नै यी संस्था सञ्चालनमा आएता पनि सहकारिका लक्षित वर्गभन्दा बाहिरका (विशेषगरी पुँजीपति वर्ग, टाठाबाठा, आवश्यकता नभएका) व्यतिmहरुको जमातनै सहकारी संस्था खोल्ने र नेतृत्वको होडमा लागिपरेका हुँदा हाल सहकारी शब्द बद्नामतिर उन्नतोदर पाइन्छ । तर पनि २०४८ को सहकारी ऐन्को प्रभावले सहकारी संस्थाको वृद्धिमा कुनै कमी आएको पाइँदैन । २०४८ साल अघि ८३० वटा मात्र रहेको सहकारीको संख्या अहिले वृद्धि भई २४ हजार नाघेको छ ।
विभिन्न कालखण्डमा नेपालमा सहकारी संस्थाहरुको गठन र सञ्चालनमा देखिएता पनि पञ्चायतकालमा सहकारीको विकासका लागि तालिम र समन्वय र पूर्वांधार विकासमा प्राथामिकता दिएको थियो । जसले गर्दा हाल पनि अर्बाै रुपैयाँका पूर्वाधारहरु मासिदै गएकाछन् । वर्तमान परिपेक्षमा जसले जसरी सहकारी गठन र सञ्चालन गरेता पनि सहकारीको प्रवद्धन र नियमनमा संलग्न राष्ट्रिय सहकारी बोर्ड र सहकारी विभागको सही परिचालन र सुदृढीकरणमा सरकारको ध्यान पुग्न सकेको छैन ।
सहकारी विकास बोर्डलार्ई राजनैतिक नियुक्तिबाट पूर्णतः मुतm राखी व्यावसायिक निकायको रुपमा अनुसन्धान र अन्तर्राष्ट्रिय सम्बन्धमा केन्द्रित निकायको रुपमा विकास गर्नैपर्छ । जानताको सामूहिक सहभागिताबाट नाफाको लागि मात्र नभई स्वउपभोगको लागि सहकारी संरचनाको निर्माण गरिने भएकोले राज्यको व्यवहारले त्यस्ता संघसंस्थाहरुको स्वयात्तता र स्वतन्त्रतामा आँच नपु¥याउने गरी सहयोग र सहजीकरणका क्रियाकलापहरुमार्फत् सहकारीको विकास, विस्तार र प्रवद्धन गर्ने अवधारणा निर्माणमा संलग्न व्यतिm, राज्य तथा सरोकारवालाहरुमा हुन जरुरी छ ।

shishirli@yahoo.com

मूल स्रोत: नेपाली समाचार साप्ताहिक वर्ष-१, अंक-१, जुलाई-१५, २०१२